Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

गोली प्रहारको बचाउमा भारतीय दूतावासले झुटो वक्तव्य निकाल्यो

काठमाडौं—भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार नेपालीलाई गोली प्रहार गर्ने कार्यको बचाऊ गर्दै बुधबार अपरान्ह भारतीय दूतावासले झुटो वक्तव्य जारी गरेको छ। नेपाली भूभागमा एसएसबीले गोली प्रहार गरी चार नेपाली घाइते बनाएको सन्दर्भमा दूतावासले तथ्य तोडमोड गरी स्थिति आफ्नो पक्षमा पार्नेगरी वक्तव्य जारी गरेको हो।
टनास्थलमै रहेका नागरिकन्युजकर्मी अमर खड्काले जनाएअनुसार भारतीय सीमा सुरक्षा बलले गोली चलाएको स्थान सुनसरी जिल्लाको, हरिपुर–७ हो। जुन दश गजाभन्दा ३ सय मिटर वरको नेपाल हो।
भारतीय सुरक्षाकर्मीले प्रहार गरेको गाेली लागेर हरिपुर-७ का अशोक यादव, मनोज यादव, सरोज यादव र नरेस यादव घाइते भएका थिए। दूतावासले एक पटक मात्र हवाइ फायर गरेकाे उल्लेख गरेकाे छ। घटनाका पीडितले अाफूहरु निर्दाेष भएकाे बताउँदै तस्कर खाेज्दै अाएका भारतीय सुरक्षाकर्मीले अागाे तापिरहेकाे अवस्थामा गाेली प्रहार गरेकाे बताएका छन्।

काठमाडौंबाट भारतीय दूतावासले जारी गरेको वक्तव्यमा घटना भारतीय भूभागमा भएको उल्लेख गरिएको छ।
ssb
इन्धन तथा औषधिको आपूर्ति रोकेको अवस्थामा पनि भारतीय राजदूत रणजीत रायले नेपालमा नाकाबन्दी नगरिएको भनेर सार्वजनिक रुपमै झुटो बोल्दै आएका थिए।
News source: nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/