Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेसी मोर्चाका नेता भन्छन्-शंका लाग्यो, त्यसैले भारतीय दूताबास गयौं

१८ मंसिर, काठमाडौं । सद्भावना पार्टीका महासचिव मनिष सुमनले तराई मधेसमा भइरहेको आन्दोलनप्रति समर्थन खोज्न मोर्चाका नेताहरु दिल्ली जान लागेको बताएका छन् ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको दिल्ली भ्रमणपछि सरकारले नेपाल र भारतबीच देखिएको असमझदारी हटेको दाबी गरिरहेका बेला मोर्चाका नेताहरु आइतबार दिल्ली जान लागेका हुन् ।

मोर्चा आवद्ध सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र यादव शनिबार नै भारतको सीतामढी पुगिसकेका छन् भने तमलोपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आइतबार दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
अनलाइनखबरसँग कुरा गर्दै सद्भावनाका महासचिव सुमनले भने-‘कमल थापा दुईपटक गए, एमालेका २० जना भन्दा बढी नेता दिल्ली पुगे । हामी आन्दोलन सुरु भएको झण्डै चार महिनापछि भारत जान लागेका हौं, यसलाई ठूलो रुपमा लिनु पर्ने कुनै कारण छैन ।’
पछिल्लो समय भारत गएका उपप्रधानमन्त्री थापाले राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्गयाउने सीमांकन टुङ्ग्याउने सहमति भयो भनेर भ्रम फैलाएको भन्दै सुमनले मोर्चाका नेताहरु सत्तारुढ र विपक्षी नेताहरुलाई आफ्ना कुरा राख्न दिल्ली जान लागेको बताए ।
बालुवाटार वार्ता छाडेर किन भारतीय दूताबास गएको भन्ने प्रश्नमा मनिषले भने-‘कमल थापाले सम्झौता भयो भन्दै हिँड्नुभएको छ । हामीलाई पनि शंका लाग्यो र राजदूतलाई भेट्यौं ।’
भारतीय राजदूतले कुनै सम्झौता नभएको तर, थापाले बाहिर आएको जस्तै प्रस्ताव राखेको बताएको उनले दाबी गरे ।
See more at onlinekhabar.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/