Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सीमामा देखिएको अवरोध हटाउन भारतलाई नेपालकाेऔपचारिक आग्रह

काठमाडौं–सरकारले नेपाल–भारतका सीमा नाकामा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोध हटाउन भारत सरकारलाई औपचारिक आग्रह गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पारवहन तथा आपूर्ति व्यवस्थामा अवरोध हुँदा औषधि, खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थलगायत अत्यावश्वक वस्तुको आयात निर्यातमा समस्या देखिएको भन्दै सीमा नाकामा देखिएको अवरोध हटाइ दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने काममा योगदान गर्न मन्त्रिपरिषद बैठकले भारत सरकारसँग आग्रह गरेको हो। 

यसैगरी मन्त्रिपरिषद बैठकले तराइमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखेर वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहेको, आन्दोलनको क्रममा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था भएको, झुटा ठहरिएका मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ भएको र मृतकका परिवारलाई राहत स्वरुप १० लाख उपलब्ध गराउने निर्णय भई कार्यान्वयन भइसकेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । सरकारले आन्दोलनरत दलका अन्य मागका विषयमा यथोचित रुपमा निष्कर्ष र सहमतिमा पुग्ने प्रयास जारी रहेको भन्दै तिहार, छठ र ल्होसार जस्ताचाड–पर्व का मुखमा बन्द र सीमा–भन्सार धर्ना कार्य बन्द गरी जनताको जीवन सामान्य बनाउन तथा वार्ताको सहज वातावरण सिर्जना गर्न आह्वान गरेको छ।

बैठकले सरकार तराई र देश भरी नै जनतामा परिरहेको मर्का र असुविधाप्रति अत्यन्तै दुःखित र चिन्तित रहेको भन्दै संकटको घडिमा जनताबाट देखाइएको धैर्य, सदभाव र सदाशयताको प्रति आभार व्यक्त गरेको छ।

यसैगरी मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एमाले पोलिटब्यूरो सदस्य विष्णु रिमाललाइ राजनीतिक सल्लाहकारमा नियुक्त गरेको छ। बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार निरु पाललाई नियुक्तल गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए। यस्तै अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारमा अर्थविद् गोविन्द नेपाललाई नियुक्त गर्ने निर्णय भएको छ।
News from: nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/