Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेशवादी दल र थारूको माग जायजः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मधेशवादी दल र थारू समुदायले उठाएका माग राजनीतिक रुपमा जायज भएको बताएका छन्।
उपराष्ट्रपति पुनले आइतबार आफूलाई बधाइ दिन उपराष्ट्रपति कार्यालय पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग मधेशवादी दल र थारू समुदायले उठाएका माग राजनीतिक रुपमा जायज भएकाले सरकारले वार्ता गरी संविधान संशोधन गरेर माग सम्बोधन गर्नुपर्ने बताए।
उनले आन्दोलनरत दलहरुसँगको वार्तालाई थप तिब्रता दिन सरकारलाई सुझाव समेत दिएका छन्।
उपराष्ट्रपति पुनले संविधान निर्माणमा जस्तै संविधानको कार्यान्वयनमा पनि संचारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले संचार माध्यमको सकारात्मक सहयोगका कारण संविधान जारी गर्न सम्भव भएको बताए।
From: setopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/