Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपालसामु पाकिस्तानी टोलीद्वारा ३ सय २७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – युनाइटेड अरब एमिरेटस्को टुरमा रहेको नेपाली क्रिकेट टोलीविरुद्ध पाकिस्तानी राष्ट्रिय खेलाडीहरु सम्मिलित टोलीले नेपाल विरुद्ध ३ सय २७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २६ रन बनायो ।
पाकिस्तानका लागि कप्तान अजहर अलीले रिटायर्ड आउट हुनअघि ७३ रन बनाए भने शोहेब मलिकले पनि रिटायर्ड आउट हुनअघि ६३ रन बनाए । निकै आक्रमक रुपमा देखिएका बबर अजामले २९ बलमा ४३ रन बनाए । बसन्त रेग्मीको बलमा क्याच आउट हुनअघि भेटरान खेलाडी युनिस खानले ३८ रनको योगदान दिए ।
नेपालका लागि बसन्त रेग्मीले २ तथा सागर पुन र पारस खड्काले १–१ विकेट लिए ।
नेपालले आधिकारिकरुपमा पाकिस्तानी राष्ट्रिय टोलीसँगै प्रतिस्पर्धा नगरे पनि पाकिस्तानी टोलीमा अधिकांश राष्ट्रिय स्तरका खेलाडीहरु समावेश छन् ।
एशियन क्रिकेट काउन्सिलले एशोसियट्स राष्ट्र नेपालका लागि टेस्ट वरियताको टिमविरुद्ध खेल्ने मौका दिएको हो ।
News from:Ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/