Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

थारु-मधेसी सांसदद्वारा संसदमा नाराबाजी































संसद् अरुवद्ध पार्दै संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईलगायत सांसद्हरु। तस्बिर : टेकनारायण भट्टराई
काठमाडौं- ब्यवस्थापिका संसद् बैठक मधेसी मोर्चासहितका ८ पार्टीका सांसदहरुले अवरुद्ध पारेका छन्। संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले सरकार अझैसम्म तराई मधेसमा जारी आन्दोलनप्रति गम्भीर नरहेको बताउँदै संसद् बैठक प्रक्रिया रोक्न निवेदन गरेलगत्तै ८ पार्टीका सांसदहरु नारबाजी गरेका छन्।
नारा लगाउनेमा फोरम, तराई-मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), दलित जनजाति पार्टी नेपाल र नेपाली जनता दलका सांसदले रोस्ट्रम घेराउका साथ नाराबाजी गरेका छन्।
दुई घन्टा ढिला सुरु भएको बैठकमा सभामुख घर्ती ओनसरीले मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता राईलाई बोल्ने समय दिएकी थिइन्। राईले मोर्चा बैठकमा बस्न तयार रहेपनि सरकार वार्ता गर्न तयार नरहेको आरोप लगाए। 'फास्ट ट्र्याकको बाटोमा सरकार लागेकाले तराई मधेसमा जारी आन्दोलन उत्पन्न भएको हो। आन्दोलनले यतिका दिन पार गरिसक्दा पनि राज्य गम्भीर देखिएको छैन,' संसदमा बोल्दै राईले भने।
उनले आन्दोलनको समाधान छिटो हुनुपर्ने बताए। सरकार देशप्रति गम्भीर नभएको आरोप लगाउँदै राईले यही सरकारका उपप्रधानमन्त्री जस्तो व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएको आरोप लगाए।
उनीहरु लगातार नाराबाजीमा रहँदा सभामुख ओनसरी घर्तीले नाराबाजीलाई रोकेर बैठकलाई सञ्चालन गर्न सहयोग पुर्याहउन आग्रह गरेकी थिइन्। सभामुख घर्तीको लगातारको आग्रहलाई आन्दोलनरत दलले बेवास्ता गरेपछि आजको बैठक स्थगन गरिएको घोषणा गरेकी छन्। संसदको अर्को बैठक यही कातिक २३ गते अपराह्न ३ बजे बस्नेछ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/