Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतीय राज्यसभामा नेपाल-भारत सम्बन्धको बहस सर्‍यो

मंसिर १७, २०७२- भारतको माथिल्लो सदन राज्यसभामा नेपाल-भारत सम्बन्धबारे बहस सुरु हुने वित्तिकै स्थगित भएको छ । भारतको बिहारबाट प्रतिनिधित्व गर्ने पवनकुमार शर्माले पेश गरेका सार्वजनिक महत्वको प्रस्तावमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले लिखित जवाफ दिएकी थिइन्। लिखित मन्तव्य पढ्दै गर्दा सभाको सभापतित्व गरिरहेका उपसभापतिले उनलाई बिचैमा रोके ।

नेपाल सम्बन्धी विषय महत्वपूर्ण भएको भन्दै सांसदहरुले छोटो समयमा छलफल गर्न नसकिने बताएका थिए । बहसका लागि छुट्याइएको एक घन्टाको समय कम भएको भन्दै सांसदहरुले अवाज उठाएका थिए । अब अर्को दिन कम्तिमा साढे ३ घन्टा यो विषयमा छलफल हुनेछ ।
बैठकमा अधिकांश सांसदहरुले नेपालबारे छलफल गम्भीर भएको भन्दै लामो छलफल आवश्यक भएको बताए । परराष्ट्रमन्त्री स्वराजले सोमबारको मिति प्रस्ताव गर्दै साढे ३ घन्टाको साटो ४ घन्टा छलफल गर्न आग्रह गरेकी छन् ।
As published in ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/