Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

वीरगन्जमा निर्दाेष भारतीय मारिए: भारतीय दूतावास

काठमाडौं– वीरगन्ज नाका क्षेत्रमा एक जना निर्दाेष भारतीय नागरिक साेमबार मारिएकाे नेपालस्थित भारतीय दूताबासले जनाएकाे छ । वीरगन्जमा सोमबार भएको घटनाप्रति लैनचौरस्थित भारतीय दूताबासले साँझ एक विज्ञप्ती जारी गर्दै नेपालले सामना गरिरहेको समस्या राजनीतिक भएकोले बल प्रयोग गरेर समस्या समाधान नहुने जनाएको छ ।

'नेपालले सामना गरिरहेका मुद्दाहरु राजनीतिक प्रकृतिका भएकाले यसको समाधान बल प्रयोग गरेर हुन सक्दैन,' दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

भारतीय फ्रेट फरवाडर्स र ट्रान्सपोर्टर्सहरुलाई पनि नेपालको अवस्थाप्रति सतकर्ता अपनाउन र आफूलाई जोखिममा नपार्न विज्ञप्तीमार्फत उसले सुझाव दिएको छ। सीमा क्षेत्रमा जारी अवस्थाको सतर्कतापूर्वक निगरानी हुने पनि दूतावासले जनाएको छ । 
News Published on: nagariknews.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/