Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

वीरगन्जमा ३ बजेबाट अनिश्चितकालीन कर्फ्यू, प्रहरीको गोली लागी एकको मृत्यु

दर्जन प्रदर्शनकारी घाइते, वीरगञ्ज नाका फेरि आन्दोलनकारीको कब्जामा
कार्तिक १६, २०७२- प्रहरीले प्रहार गरेका गोली लागि शंकराचार्य गेट नजिक प्रहरी पोष्ट अगाडि एक प्रदर्शनकारीकाे मृत्यु भएकाे छ । उनकाे टाउकाेमा गोली लागेकाे थियाे । प्रदर्शन उग्र भएपछि प्रशासनले दिउँसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ । यस्तै प्रहरीले वीरगन्ज क्षेत्रकाे झडपमा प्रहार गरेकाे रबरकाे गाेली लागि एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीकाे ढुंगा लागी एक दर्जन प्रहरी पनि घाइते भएका छन् ।

नारायणी उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल निर्देशक इमामुल हकका अनुसार गोली लागी उपचारका लागि अस्पताल ल्याइएका एक २४/२५ वर्षकाे एक युवकको मृत्यु भएको छ । ‘उनको उपचारका लागी ल्याउँदा मृत्यु भइसकेको थियो । उनको टाउकोमा गोली लागेको छ,’ उनले भने । एसपी राजुबाबु श्रेष्ठले आन्दोलनकारीले प्रहरी चौकीमा ढुंगामुडा र पेट्रोल बम हानेपछि गोली चलाउनु परेको बताए । नेपाल-भारत सीमा भन्दा करिब ४/५ सय मिटर नेपालपटि्ट उक्त घटना भएको एसपी श्रेष्ठले बताए । वीरगन्जको सीमा क्षेत्रमा प्रहरी माथी व्यापक मात्रामा ढुंगामुढा भएपछि प्रहरीले दर्जनौं राउन्ड अश्रु ग्याँस र गोली प्रहार गरेको हाे । प्रहरी अहिले पछाडी हटेर सीमा सुरक्षा पाेष्ट नजिक अाइपुगेका छन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको ५ घण्टापछि वीरगञ्ज–रक्सौल नाका फेरि आन्दोलनकारीको नियन्त्रणमा आएको छ । प्रहरीले लखेटेपछि भारतीय भूमि पुगेका आन्दोलनकारी पुन दशगजाको मितेरी पुलमा फर्किएका हुन् । उनीहरुले भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरिरहेका छन् । नेपालपट्टी नेपाल प्रहरी तैनाथ छ ।
सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएलगत्तै वीरगञ्जमा रोकिएका २ सय बढी भारतीय सवारी रक्सौल छिरेका थिए । भारतीय सवारी सीमा नकटुन्जेल आन्दोलनकारीलाई दशगजा क्षेत्रमा छिर्न नदिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सवारी छिरेलगत्तै आन्दोलनकारीलाई दशगजामा छिर्न दिएका थिए । भारतीय प्रहरीको अहसयोगपछि मितेरी पुलमा फेरि आन्दोलनकारी जम्मा भएका हुन् । सुरक्षाकर्मीले बल प्रयोग गरेर नाका खुलाएको भन्दै वीरगञ्जमा मधेसी मोर्चा आवद्ध आन्दोलनकारीले ठाउँठाउँमा प्रदर्शन गरेका थिए । वीरगञ्जको नगमा र घण्टाघर क्षेत्रमा आन्दोलनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गर्नुपरेको थियो ।
Published on: ekantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/