काठमाडौं –नयाँ शक्ति निर्माण अभियानका संयोजक र एमाले सचिव प्रदीप ज्ञवालीले भारतीय नेतासँग भएको कुराकानीका विषयमा प्रश्न उठाएपछि एकीकृत माअोवादी अध्यक्ष प्रचण्डले जवाफ दिएका छन् । रातोपाटीसँगको कुराकानीमा प्रचण्डले भट्टराई र ज्ञवालीले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।
मंसिर १७ गते काठमाडौंमा भएको एक कार्यक्रममा भट्टराईले ‘भारतीय शासकवर्गलाई के आश्वासन दिइएको थियो ? संविधान जारी हुनुअघि दिल्ली जानेहरुले जवाफ दिनुपर्ने’ भन्दै प्रचण्ड र देउवामाथि हमला गरेका थिए । एमाले नेता ज्ञवालीले एक अन्तर्वार्ता मार्फत यस्तो प्रश्न उठाएका थिए । जवाफमा प्रचण्डले भनेका छन्, ‘अहिले प्रचण्डले के आश्वसन दिएका थिए भनेर जसरी हल्ला गरिएको छ । त्यो नियोजित छ । यो कसै न कसैको योजनामा चलेको हल्ला हो । भारत भ्रमणका बेला नेपालको पक्षमा राम्रो इमेज बनाएर आएको थिएँ । त्यो मेट्टाउने कोषिश हुँदैछ । ’
आफ्नो भारतभ्रमणवारे प्रचण्डको जवाफ यस्तो छ
मेरो भारत भ्रमणका बेला संविधानका विषयमा र राष्ट्रियताको विषयमा गरी दुई वटा विषयमा कुराकानी भएको थियो । भारतमा जे–जा सँग भेट भएको थियो, उनीहरु सवैले सीमानङ्क गरेर जाँदा नै राम्रो हुन्छ, यसरी आएको संविधान सवैलाई मान्य हुन्छ भन्ने कुरा उठाएका थिए । विना सीमाङ्कनको संविधानले मधेशको माग सम्बोधन गर्देन कि भन्ने चासो र चिन्ता भारतीय नेता सवैमा देखिएको थियो ।