Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

यसरी गर्दै छन् बाबुरामले नयाँ शक्तिको भेला

काठमाडौं– डा. बावुराम भट्टराइले आईतबार (मंसिर ६ गते) राजधानीको चाबहिलमा नयाँ शक्तिका अभियन्ताहरुको भेला गर्ने भएका छन् । भेलाको आवश्यक तयारी पूरा भएको बताइएको छ । कहाँ हुँदैछ भेला ? आईतबार विहान ११ बजे शुरु हुने नयाँ शक्तिको भेला राजधानीको चावहिलस्थित एस.आर ब्यांक्वेटमा हुनेछ । भेला सोमबारसम्म चल्ने बताइएको छ । सहभागीहरुलाई पौने एघार भित्र ब्यांक्वेटटमा पुग्न आयोजकहरुले निर्देशन दिएका छन् । कति सहभागी हुँदैछन् ? भेलामा करिब १ हजार नयाँ शक्तिका अभियन्ताहरु सहभागी हुनेछन् ।
सहभागीहरुलाई राजधानीमा रहेका उनिहरुका नातेदारको घर÷डेरामा बस्न आग्रह गरिएको छ । राजधानीमा आफन्त र नातेदार नभएकाहरुलाई आयोजकले बस्ने खाने ब्यवस्था मिलाईदिने अभियन्ता गंगा श्रेष्ठले जानकारी दिए । भेलामा के के हुन्छ ? डा. वावुराम भट्टराईले भेलाको औपचारीक उद्घाटन गर्ने बताइएको छ । एमाओवादी छाडेपछि पहिलोपटक औपचारिक रुपमा ‘नयाँ शक्ति’का अभियन्ताहरुको भेला आयोजना गरेका भट्टराईले आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दैछन् । भट्टराईले अवधारणा पत्र राखेपछि सहभागीहरुले त्यसमा सुझाव दिनेछन् । सहभागीबाट आएको सुझाव समेटेपछी नयाँ शक्तिको निती बनाएर पारित गरिने अभियन्ता गंगा श्रेष्ठले जानकारी दिए । नयाँ शक्तिका लागी देशब्यापी अभियान चलाउने योजना पनी भेलाले तय गर्ने भएको छ । त्यसका लागी हरेक प्रदेशमा एक जना संयोजक तोकिने श्रेष्ठले बताए । भेलामा गैरमाओवादी जान्छन कि जादैनन् ? एमाओवादी छाडेका नेता कार्यकर्ता बाहेक भेलामा अन्य स्वतन्त्र ब्यक्तित्वहरुले पनि सहभागीता जनाउने भएका छन् । मल्लके शुन्दर, पद्मरत्न तुलाधर, अनिल शाह, दमननाथ ढुंगाना लगायतका नागरीक अगुवाहरुले भेलालाई शुभकामना दिने भट्टराई निकट स्रोतले जनाएको छ । त्यस्ता स्वतन्त्र ब्यक्तित्वहरु मध्ये केही शुभकामना दिएर बाहिरिनेछन् । केही नागरीक अगुवाहरु जिम्मेवार भूमिकामै बस्न सहमत भएका छन् ।
News Published in ratopati.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/