Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

आज बार्सिलोना र रियल मड्रिडको भिडन्त

मंसिर ५, २०७२- विश्व फुटबलका दुई ठूला तथा प्रतिस्पर्धी क्लब बार्सिलोना र रियल मड्रिडको भिडन्त आज राति हुँदैछ । रियल मड्रिडको मैदान मड्रिड यो खेल नेपाली समय अनुसार राति ११ बजे हुनेछ ।

यी दुई क्लबको आपसी भिडन्त (एल क्लासिको) २ सय ३० औं पटक हो । दुई क्लबका साथै यो भीडन्तलाई अहिलेको समयका दुई उत्कृष्ट फुटबलरहरु लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो बीचको भीडन्त पनि मानिएको छ । मेसी चार पटक बेलन डि अर विजेता खेलाडी हुन् भने रोनाल्डोले यो पुरस्कार गत वर्ष पाएका थिए ।
घाइते भएर करिब दुई महिनाजति मैदान बाहिर रहेका मेसी आज मैदानमा उत्रिदैछन् । बार्सिलोनासँग मेसीबाहेक अहिले फर्ममा रहेको ब्राजिली स्टार नेयमर र लुइस स्वारेज पनि हुनेछन् । रियल मड्रिडमा रोनाल्डोसँगै ग्यारेथ बेल र जेम्स रोड्रिगेज पनि ‘एट्याक’मा हुनेछन् ।

स्पेनी लिग (ला लिगा) मा बार्सिलोना रियल मड्रिडभन्दा तीन अंकले अगाडि छ । आजको खेल जितेको खण्डमा बार्सिलोना रियलभन्दा निकै अगाडि पुग्नेछ भने, रियलका लागि यो बार्सिलोनालाई रोक्ने मौका हुनेछ ।  

News From Kantipur.com
Ą
https://www.flickr.com/photos/spklg/15211044551/