मंसिर २६, २०७२- पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माणको नेतृत्व गरिरहेका डा बाबुराम भट्टराईले आदिवासी/जनजाती, थारु/मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताएका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सीमाङ्कन जग्गाको कित्ताकाट गरेको र काँक्रा चिरेजस्तो भएको टिप्पणी गर्दै ती समुदायलाई नसमेटिएसम्म विवाद साम्य हुन नसक्ने धारणा राखे । नेता भट्टराईले तराई–मधेसको समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच सार्थक वार्ता हुनुपर्नेमा जोड दिए ।







