Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेस आन्दोलन आन्तरिक मामिला हो: डा भट्टराई

मंसिर २६, २०७२- पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माणको नेतृत्व गरिरहेका डा बाबुराम भट्टराईले आदिवासी/जनजाती, थारु/मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताएका छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सीमाङ्कन जग्गाको कित्ताकाट गरेको र काँक्रा चिरेजस्तो भएको टिप्पणी गर्दै ती समुदायलाई नसमेटिएसम्म विवाद साम्य हुन नसक्ने धारणा राखे । नेता भट्टराईले तराई–मधेसको समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच सार्थक वार्ता हुनुपर्नेमा जोड दिए ।

तराई–मधेसको आन्दोलन आन्तरिक मामिला भएकाले त्यसको समाधान नेपालीले नै खोज्नुपर्ने उनको भनाइ थियो । उनले दिल्ली र काठमाडौँ सत्ताले हरेक बेला आआफ्नो स्वार्थ अनुकूल गतिविधि गर्ने गरेकाले पछिल्लो समस्या लम्बिएको उल्लेख गरे ।
भट्टराईले नयाँ शक्ति अभियान कुनै पार्टीको परिवर्तित रुप नभएको दाबी गरे ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/