मंसिर २६, २०७२- बजारमा बढ्दो उर्जा संकटलाई कम गर्ने उद्देश्यले धरानका युवा व्यवसायी लोक खापुङले केके लाइभ स्टक एण्ड एग्रीकल्चर रिसर्च सेन्टर प्रालिबाट दैनिक १० सिलिण्डर बायो ग्यास उत्पादन सुरु गरेका छन् । उनले सेन्टरमा २ सय घनमिटर ग्यास उत्पादन क्षमताको बायोग्यास निर्माण गरेका छन् । उनले आफ्नो कृषी र्फममा खेर गएको गोबरलाई सदुपयोग गर्दै बायोग्यास उत्पादन सुरु गरेका हुन् ।
बजारमा एलपी ग्यासको हाहाकार भइरहेको बेला सेन्टरले करिब ५० करोड रुपैयाँ लगानीमा धरान–२६ विष्णुपादुकामा बायोग्यास उत्पादन सेन्टर निर्माण गरेको संचालक खापुङले बताए । उनले धरानमा बायोग्यास ट्याङ्कद्वारा सिलिण्डरसमेत भर्ने प्रविधि भित्र्याएको बताए ।
‘बजारमा अहिले उर्जा संकट देखिएको छ । त्यसलाई कम गर्ने उद्देश्यले बायोग्पयास उतपादन तिर लगानी गरेको हो,’ युवा उद्यामी खापुङ्ले भने, ‘बायोग्यासबाट हाल दैनिक ७ देखि १० वटा ग्यास सिलिण्डर भर्न सकिन्छ ।’ सेन्टरबाट ६२ दशमलव ५ केभी पावरसमेत उत्पादन हुने सेन्टरका प्राविधिक इन्जिनियर अरविन्द सिंहले बताए ।
‘वेष्ट टु इण्डलाई ग्यासमा डाइभर्सन गर्ने नयाँ प्रविधि अुनसार यो नेपालकै पहिलो ठूलो बायोग्यास कम्पनी हो । बायोग्यासबाटै जेनेरेटरसमेत सञ्चालन हुने छ । खेर जाने वस्तुहरुबाट नै ग्यासमा ‘डाइभर्सन’ गरिएको छ,’ उनले भने ।
हाल खापुङले सञ्चालनमा ल्याएको उक्त सेन्टरको उद्देश्य दैनिक एकसयवटा सिलिण्डरसम्म भर्ने रहेको छ । सेन्टरमा हाल ९८ गाई बाच्छाबाच्छी, एकसय ६ बाख्रा, ८० बंगुरलगायतको मलबाट बायोग्यास उत्पादनमा प्रयोग गरिएको । सेन्टरले ३५ क्युविक फिट क्षमता रहेको ट्यान्की निर्माण गरेर गाई, बंगुर, बाख्रालगायतको मल जम्मा गर्दै बायोग्यास उत्पादन गर्ने गरेको छ । अन्य फोहोरजन्य खाद्यान्नलाईसमेत बायोग्यास उत्पादनमा प्रयोग गरिएको खापुङले बताए ।
बायोग्यास उत्पादनका लागि जम्मा हुने गोबरको ट्यान्कीको आयु ४० देखि ५० वर्ष रहने बताइएको छ । बायोग्यास उत्पादन दुई महिनासम्म परीक्षण गरिएको थियो । बायोग्यास उत्पादन ‘फर्मेशन’ मा रहेकाले हाललाई दैनिक १० वटा सिलिण्डरसम्म भर्न थालिएको खापुङहाङले बताए । ‘सुरुआती समयमा उत्पादन भइरहेको बायोग्यासले उर्जा संकटलाई थोरै भएपनि हटाउने विस्वास छ,’ उनले भने ।

उनले उत्पादित बायोग्यास उर्जाको रुपमा उद्योग र सवारी साधानहरुमासमेत प्रयोग गर्न सकिने बताए । बायोग्यास उत्पादन भइसकेको गोबरलाई खेतिमा मलको रुपमा प्रयोग गर्न सकिने बताए । प्रयोग भइसकेको गोवरलाई खेतबारीमा मलको रुपमा प्रयोग गर्न सकिने भएकाले अग्र्यानिक मलको रुपमासमेत प्रयोग गर्न गरिरहेको खापुङले बताए । रासायनिक तत्वरहित गोवर भएकाले उर्वरा शक्तिसमेत बढाउन गोबरको प्रयोग गर्न सकिने पनि उनले बताए ।