Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दुहवीमा बन्दकर्ता र स्थानीयबीच झडप,६ राउन्ड हवाइ फायर

सुनसरीको दुहबी बजारमा वृहत नागरिक समाज सुनसरी क्षेत्र नम्बर ३ ले सद्भाव र्‍यालीपछि गरेको कोणसभामा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेपछि दोहोरो झडप भएको छ।
मोर्चाले कार्यक्रम विथोल्न खोजेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि ६ राउन्ड हवाइ फायर गरेको छ। प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीलाई लखेटेको छ। 

आन्दोलनकारीको आक्रमणबाट महिला प्रहरी दुर्गा श्रेष्ठ घाइते भएकी छन्। उनलाई बन्दकारीले हातपात पनि गरेको प्रहरीले जनाएको छ। प्रहरीले दुई जना आन्दोलनकारीलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रञ्जित गोश्वामी र  मुन्ना साह रहेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले सेतोपाटीलाई बताए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/