Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतबाट पैसा लिएर नयाँ शक्ति खोलेको होइन : बाबुराम

‘६ वटा उपप्रधानमन्त्री भएको विचित्रको सरकार’
कार्तिक २४, २०७२- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेको सरकारमा ६/६ वटा उप्रपधानमन्त्रीका टाउका भएको विचित्रको गठनबन्धन रहेको बताएका छन् ।

चितवनको नारायणगढमा दर्शन मिडियाले आयोजना गरेको नेपालमा नयाँ शक्ति किन भन्ने विशेष अन्तरसंवादमा भट्टराईले गणतन्त्र नमान्ने कमल थापादेखि संघीयता हुँदैहुँदैन भन्ने चित्रबहादुर केसीसम्म सरकारमा सहभागी भएकाले गणतन्त्र र संघीयता लागु गर्ने कुरामा आशंका ब्यक्त गरे ।  ‘गणतन्त्र नमान्ने कमल थापा, संघीयता हुँदै हुन्न भन्ने चित्रबहादुर केसी, संघीयता र गणतन्त्रलाई मजाकमा उडाउने केपी ओली र हिजोसम्म ठूलो क्रान्तिको कुरा गर्ने, क्रान्तिका नायकका रुपमा चिनिएका सबैसंग अत्यन्त सहज ढंगले सहवबास गर्ने पुष्पकमल दाहाल लगायतको गठबन्धनको सरकार छ,’ उनले भने, ‘यसले एक थरी मान्छेलाई आकर्षण दिएको हुनुपर्छ, राजाको राष्ट्रवाददेखि बामपन्थीको राष्ट्रवाद समेतको तालमेल एकैं ठाउँमा भएकाले यस्तो शक्ति बलियो भएको भन्दै यसैको पछि लाग्दा केही पाइएला भन्ने आशा धेरैमा हुन सक्छ ।’  
उनले यस्तो अवस्थामा नयाँ शक्ति किन चाहियो भन्ने कुरा आएपनि यसलाई बैज्ञानिक आंखाले हेर्नु पर्ने बताए । ‘कुनै मान्छे मोटउँदैमा  स्वथ्य भएर मोटाएको हुँदैन, रोगले पनि मोटाएको हुन सक्छ,’ उनले  अहिलेको सरकारप्रति ब्यंग्य गर्दै भने, ‘त्यसैले उसको आयु धेरै हुन सक्दैन ।’  
नयाँ शक्ति निर्माणका लागि विचार बुझ्न देश दौडाहामा निस्किएका भट्टराईले नयाँ शक्तिलाई भारतले जन्मायो, भारतबाट पैसा लिएर नयाँ शक्ति बारे हल्ला फिजाउंदै हिंड्यो भन्ने कुरा निराधार रहेको बताउँदै भट्टराईले आरोपको खण्डन गालीबाट नभई तथ्य र तर्कले दिनु पर्ने बताए । ‘भारतले सुगौली सन्धिदेखि नेपालमा प्रभुत्व जमाउँदै आएको छ,’ उनले भने,‘ जव हामी गरिब हुन्छौं, भारतसंग आश्रित भईरहन्छौं तब सम्म यही अबस्था रहिरहन्छ ।’ उनले अहिलेको नाकाबन्दी पनि त्यसैको निरन्तरता भएको बताए । ‘हाम्रो आन्तरिक मामिला आफैं हल गरौं, हिमाल पहाड र तराईलाइ मिलाऊँ,’ उनले भने, ‘हामी पर निर्भर छौं, यसबाट मुक्त बनौं ।’ 
उनले लामो समयदेखि सर्बसाधरण दु:ख भोग्न बाध्य भएकाले वार्ताबाट समस्याको समाधान गर्नु पर्ने बताए । ‘हामी माखो केही उत्पादन नगर्ने, संधै भारतको भर पर्ने अनि राष्ट्रबादी भन्ने ?,’ उनले भने, ‘यो नक्कली राष्ट्रवाद हो, त्यसैले आफैं अन्तरनिर्भर बनेर भारतप्रतिको निर्भरता हटाऔं ।’ उनले लामो समयदेखिको नाकाबन्दी र बन्द हड्तालले ६ खर्ब भन्दा बढीको नोक्सान भई सकेकाले बार्ताबाट समस्या समाधान गर्नु पर्ने बताए ।  ‘छुट्टै पार्टी खोलेर गुट उपगुट बनाउनका लागि मैले पार्टी छाडेको होइन,’ उनले भने, ‘भूमिगत बनेर नयां शक्ति निर्माण गर्न खोज्या पनि होइन, नयाँ शक्तिमा सबै पार्टीका युवा, नेता, बौद्धिक ब्यक्तित्व सबै रहने छन् ।’ 
भट्टराईले नयाँ सोचका साथ देशलाई आत्म निर्भर बनाउन नयाँ शक्तिको खाँचो रहेको बताउँदै देशभरी घुमेर सबैको सल्लाह सुझाव संकलन गर्ने बताए । कार्यक्रममा उनको विचार सुन्न उपस्थित भएका सर्वसाधरणको प्रश्नको जवाफ भट्टराईले टिपोर्ट गरेर दिए । 

Published In Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/