कार्तिक २४, २०७२- कुकुर तिहारको अवसर पारेर मंगलबार नेपाल प्रहरीको कुकुर स्कुलमा कुकुर पूजा गरिएको छ । प्रहरी अनुसन्धानमा कुकुरको भूमिका अहम मानिन्छ । बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि घाइतेको उद्दार गर्न र शव फेला पर्न प्रहरीले कुकुरको सहयोग लिएको थियो । तिहारको दोस्रो दिन कुकुर तिहारको रुपमा मनाइने गरिन्छ । आजको दिनलाई नरक चथुर्थी पनि भनिन्छ । तस्बिरहरु : नभेष चित्रकार/रोयटर्स