Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

तत्काल सीमांकन परिवर्तन हुँदैन : सिटौला

कार्तिक २४, २०७२- नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले तत्कालको अवस्थामा सीमांकनमा कुनै हेरफेर नहुने बताएका छन् । मधेसी मोर्चाले उठाउँदै आएको झापा, मोरङ र सुनसरी अहिले जहाँ छ त्यही रहने उनले बताए ।
 विराटनगरमा आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सिटौलाले भने, ‘तत्काल सीमांकन परिवर्तन हुँदैन । ७ प्रदेश जस्ताको त्यस्तै रहन्छ । झापा, मोरङ र सुनसरी जहाँ छ त्यही रहन्छ ।’ उनले अहिलेको प्रदेश सिंमाकन उत्कृष्ठ रहेको दाबी गरे । ‘औसतमा अहिले गरिएको सीमांकन राम्रो छ । भोली चलेन भने जुटन–टुटन हुनसक्छ,’ उनले भने, ‘यो त संसार भरी देखिँदै नै आएको छ ।’ 
झण्डै तीन महिना यता मधेसमा आन्दोलित मधेसी मोर्चाको मागबारे पनि सिटौलाले अनभिज्ञता प्रकट गरे । ‘मधेसी मोर्चाको के माग हो हामीलाई अझै थाहा छैन्,’ उनले भने, ‘अब संसद आउनुभएको छ, संसदमा राखेपछि मात्र हामी थाहा पाउँछौं ।’ संसद वैधानिक निकाय भएकाले त्यहीबाट सबै समस्याको निकास खोज्न उनले सबैलाई आग्रह गरे ।
News in Kantipur Daily
Ą
https://www.flickr.com/photos/spklg/15211044551/