कार्तिक २४, २०७२- म्याचफिक्सिङ प्रकरणमा आरोपित खेलाडी र प्रशिक्षकलाई धरौटी लिएर रिहा गर्न विशेष अदालतले आदेश दिएको थियो ।
थुनछेकको बहसपछि विशेष अदालतले मंगलबार साँझ चार खेलाडी र एक प्रशिक्षकलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई तथा सदस्यहरु भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीको इजलासले प्रशिक्षक अञ्जन केसीलाई ५ लाख, रितेश थापालाई ५ लाख, सागर थापालाई डेढ लाख तथा सन्दीप राई र विकाससिंह क्षत्रीलाई ५०–५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।
राज्यविरुद्धको अपराध खेपिरहेका पाँच खेलाडीसँगको बयान सोमबार सकिएको थियो । चार खेलाडी र एक प्रशिक्षकविरुद्ध अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा मिलेमतो गरेको भन्दै आइतबार मुद्धा दर्ता भएको थियो ।
News From Kantipur