Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

प्रधानमन्त्रीले दिए नितिशलाई बधाई

  • ट्विटरबाट धन्यवाद
कान्तिपुर संवाददाता , काठमाडौं

कार्तिक २४, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहार निर्वाचनमा विजय पाएका बिहारका मुख्यमन्त्री तथा महागठबन्धनका नेता नितिश कुमारलाई फोन गरेर बधाई दिएका छन् । केहीअघि नितिशले ट्विटरमार्फत ओलीलाई बधाई दिन फोन गरेकोमा धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री सीपी मैनालीलाई पनि नितिशले धन्यवाद दिएका छन् । आइतबार भएको निर्वाचनमा नितिश–लालुको गठबन्धनले दुई तिहाइ बहुमत पाएको थियो ।

नितिशले मरिससका प्रधानमन्त्रीदेखि आध्यात्मीक गुरु श्रीश्री रविशंकर लगायतलाई पनि धन्यवाद दिएका छन् । ट्विटमा उनले ओलीलाई प्रधानमन्त्रीका रुपमा भने सम्वोधन गरेका छैनन् । ‘बधाई कलका लागि खड्ग प्रसाद शर्मा ओलीजीलाई धन्यवाद’ उनले ट्विटमा भनेका छन् ।

 प्रकाशित: कार्तिक २४, २०७२
As published on: kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/