Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बिहारमा किन हारे नरेन्द्र मोदी ?


काठमाडौं – बिहारको विधानसभा चुनावमा भारतीय जनता पार्टीलाई ठूलो झट्का लागेको छ । लामो समयदेखी भारतीय जनता पार्टीका नेताहरुको संगत गर्दै आएका पत्रकारहरुले यसअघि नै बिजेपी नेताहरुको हाउभाउ, चिन्ता र हैरानीले उनीहरु कमजोर देखिएको आँकलन गरेका थिए । एक पत्रकार भन्छन्, उनीहरु सानाभन्दा साना कुरामा केन्द्रित थिए र आफ्नै पार्टीका तल्लो स्तरका नेताहरुलाई दोष थोपर्दै थिए ।

यसअघि नै पत्रकारहरुले पटनामा बिजेपी र एनडिए गठबन्धनले बाँकी रहेको पकड समेत गुमाउने दाबी गरेका थिए । पटनामा राजनीतिलाई नजिकबाट नियाल्नेहरु पहिलो दुई चरणमा महागठबन्धनको पक्षमा देखिएको भारी मतले यस दललाई विजयतर्फ अघि लगेको बताउँछन् । महागठबन्धनका नामले चिनिने यस गठबन्धनमा नीतिशकुमारको जनता दल युनाइटेड, लालू यादवको राष्टिय जनता दल र कांग्रेस सहभागी छन् । तेस्रो चरणको मतगणनामा भारतीय जनता पार्टीले ग्रामिण क्षेत्रमा प्रभाव पार्न सक्ने अनुमान लगाइएको थियो । तर त्यस्तो हुन सकेन । मुस्लिम र दलितहरुको भोट नीतिशकुमार र लालू यादवको पक्ष गयो ।
बिजेपी नेतृत्वको पराजयका कारण:
– मुख्यमन्त्रीको घोषणा गर्न नसक्नु बिजेपीको कमजोरी रह्यो
-मोदीको विकास मुद्धा चल्न सकेन
-ध्रुवीकरण भएन
-बिजेपीका अन्य सहयात्री दलहरुले एनडिए गठबन्धनलाई जीत दिलाउन सकेनन्
-आरक्षणका विषयमा मोहन भागवतको बयान एनडिएलाई हराउन महत्वपूर्ण
महागठबन्धनले कसरी जित्यो:
-मुस्लिम तथा यादवहरुको रणनीति काम लाग्यो
-बिहार बाहिरका मुद्धाहरुको असर । अरक्षणको मुद्धा काम आयो ।
-२५ सालपछि एकसाथ लडेका नितिशकुमारको छवि र लालूको अपिल काम आयो
चुनावको असर:
-नरेन्द्र मोदी : मोदी ब्रान्ड कमजोर भयो । विकासको नाराबाहेक अरु पनि सोच्नुपर्ने भयो ।
-अमित शाह : सन् २०१६ मा हुने भारतीय जनता पार्टी बिजेपीको चुनावबाट फेरि अध्यक्ष चुनिने संभावना कमजोर
-नीतिशकुमार : बिहारमा नितिशकुमारको पकड र छवि राम्रो रहेको प्रमाणित भयो ।
-लालू यादव : राष्ट्रिय जनता दललाई राहत मिल्यो । पार्टीले नयाँ सास पाउने भयो । विरासत परिवारमै फर्कियो ।
-जीतेन्द्र माझी : दलितका मुद्दा उठाएर बार्गेनिंङ गर्ने दिन गए ।
अबको बाटो :
-मोदी विरोधी खेमामा नितेश र लालू सबैभन्दा बलियो भए ।
-बिजेपीमा अमित शाह कमजोर , युपि र पश्चिम बंगालको चुनावमा यसको असर पर्ने
-सन् २०१९ को लोकसभा चुनावमा मोदीलाई नितिशले नै ठाडो टक्कर दिने ।
यस कारण महत्वपूर्ण थियो मोदीका लागि बिहार चुनाव
१ आफ्ना एजेन्डा स्थापित गर्न मोदीका लागि जीत आवश्यक थियो
आर्थिक समृद्धि र विकासको योजना देखाएर नरेन्द्र मोदीले देशको चुनाव जितेका थिए । उनले भारतलाई अन्तर्राष्टिय व्यापारको गन्तव्य बनाउन समेत भूमिका खेल्दै आएका छन् । भारतमा घरेलु तथा विदेशी लगानी भित्र्याउने उनको योजना छ । तर लोकसभाको तल्लो सदनमा बहुमत हासिल गरेपनि बिजेपी माथिल्लो सदनमा अल्पमतमै छ जसले सरकार सञ्चालनका क्रममा विभिन्न नीति तय गर्ने क्रममा समस्या हुदैँ आएको छ । २ सय ४५ मध्ये बिहारबाट १६ सिट हुँदा यो चुनाव जिते बिजेपीलाई निकै महत्वपूर्ण थियो । एउटा राज्यको चुनाव जित्दैमा ठूलो असर नपरे पनि दिल्ली चुनावमा पराजय बेहोरेको बिजेपीले बिहार चुनावलाई एउटा प्रतिष्ठाको विषय बनाएको थियो । यस जीतमार्फत महत्वपूर्ण सन्देश दिन खोजेको थियो ।
२ मोदीमाथि असहिष्णुता फैलाएको आरोप
चुनाव आउन तीन हप्ताअघिदेखि मोदीले साम्प्रादयीक मुद्दालाई नजर अन्दाज गर्दै आएका थिए । पछिल्लो छ साताभित्र मात्रै चार मुस्लिमहरुलाई गाईको मासू खाएको वा चोरेकोमा आरोपमा हत्या गरिएको थियो । त्यसमध्ये गत बिहिबार मात्रै एकजनाको हत्या भएको थियो ।
विभिन्न क्षेत्रका व्यक्तिहरु अहिले भारतमा धार्मिक असहिष्णुता बढेको भन्दै चिन्तित देखिएका छन् । चलचित्र अभिनेता, फिल्ममेकर, साहित्यकार, लेखक र वैज्ञानिकहरुले मुस्लिम समूदायमाथि भएको विभेदको विरोधमा राष्ट्रिय अवार्डहरु फिर्ता गर्न सुरु गरेका छन् । गाई गोरुको मासू खाएको अभियोगमा हत्या गरिएको विषयले चुनावमा समेत निकै ठूलो महत्व भयो । मोदीले पछिल्लो समय आफ्नो यस्तै संर्कीण सोचका कारण अन्तर्राष्टिय छवि बिगारेका छन् ।
३. नयाँ प्रतिद्वन्द्वीको उदय
विहार चुनावमा उनले भविष्यमा देशको प्रधानमन्त्रीमा उनलाई चुनौती दिने देबादारसँग लड्दै छन्
सन् २०१४ सम्म एकै गठबन्धमा रहेका मोदी र नितिश, बिजेपीले मोदीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएसँगै छुट्टिएका थिए । लगातार तेस्रो पटक मुख्य मन्त्री पदका लागि लडिरहेका नितिशले बिहारलाई सबैभन्दा तीव्र गतिमा भइरहेको राज्य बनाउन सफल भएका थिए । जसरी गुजरातको विकासको श्रेय मोदीलाई दिने गरिन्छ, नितिशलाई पनि बिहारको विकासको ‘इन्जिनियर’ मानिन्छ । जसरी गुजराज मोडल मोदीको मार्चका लागि सहयोगी बन्यो नितिशको हकमा त्यही नदोहोरिएका भन्न सकिन्न । नितिशको मुख्यमन्त्रीमा अहिलेको उदय सन् २०१९ मा मोदीको कार्यकाल समाप्तिसँगै राष्ट्रिय नेताको रुपमा उठ्ने शुरुवात हुनसक्छ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/