Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मधेसी मोर्चालाई उचाल्दै बाबुरामले भने, ‘मधेस आन्दोलन रोक्न हुँदैन’

बिहिबार तराई , थारुहट र जनजाती आन्दोलनको ऐक्वेबद्धताको लागि नागरिक ऐक्वबद्धता सभामा बोल्दै भट्टराईले सीमांकनको समस्या समाधान नभएसम्म आन्दोलन रोकिन नहुनेमा जोड दिँदै आन्दोलनमा आफ्नो समर्थन रहेको बताए । तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरु हृदयश त्रिपाठी र लक्ष्मणलाल कर्णको समेत सहभागिता रहेको उक्त कार्यक्रममा मधेसी मोर्चालाई उचाल्दै उनले भने, ‘सीमांकन सच्याउनको लागि आन्दोलन जारी राख्नुपर्छ यसमा मेरो पूर्ण समर्थन रहन्छ ।’ मधेसीको माग पूरा गर्नको लागि आफू धर्नामा बस्न समेत तयार रहेको उनले बताए ।
उनले संविधान जन्मिएपनि मरेतूल्य रहेको तर्क गर्दै भने, ‘मरेतुल्य संविधानलाई बचाउन अहिले भेन्टिलेटरमा राखिएको छ, जन्मिसकेको बच्चालाई मर्न दिन हुँदैन, बरु भेन्टिलेटरमा राखेर उपचार खोज्नुपर्छ ।’ तर, आफूले उपचारको लागि पहल गर्दै गर्दा बच्चा मार्न खोजिएको भनेर आरोप लगाइएको दाबी गर्दै तराई मधेसको आन्दोलन सम्बोधन गरेर समाधान निकाल्न ढिला गर्न नहुनेमा जोड दिए ।

उनले काठमाडौं नतातेसम्म र काठमाडौंलाई कुरा नबुझाएसम्म मधेसको माग काठमाडौंले नबुझ्ने भन्दै त्यसका लागि सशक्त अभियान चलाउनुपर्नेमा जोड दिए । काठमाडौंबासीलाई मधेसको माग बुझाएर उनीहरुकै मार्फत सिंहदरबारलाई दवाव दिनुपर्ने उनको भनाई थियो ।
उनले मधेसको जायज माग पूरा गर्ने सन्दर्भमा कतिपय संका उपसंका समेत रहेको भन्दै उनले भने, मधेसी र थारुलाई प्रदेश दिँदा उनीहरु छुटिन्छन् भन्नु गलत हो ।’
छट्टु स्याल र कुखुराको उदाहरण दिँदै उनले थपे, ‘ ‘छट्टु स्यालले चील आयो भनेर कुखरा चोरे जस्तो गरि मधेसीलाई छुटिज्छन् भनेर अधिकारबाट बञ्चित गर्न खोजे जस्तो देखिन्छ ।’
प्रचण्ड र देउवाले दिल्लीलाई के आस्वासन दिएका थिए ?
सो क्रममा भट्टराईले संविधान जारी हुनुअघि दिल्ली भ्रमणमा गएका एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले भारतलाई केहि आस्वासन दिएको सुन्नमा आएको बताए । उनले भने, ‘संविधान जारी हुनुअघि देउवा र प्रचण्डले भारतीय पक्षलाई आस्वासन दिएको सुन्नमा आएको छ । त्यो के थियो उहाँहरुले जवाफ दिनुपर्छ ।’
यसबाट प्रचण्ड र देउवाको देशभक्ति माथि नै प्रश्न उठेको भन्दै त्यसकै कारण नेपाली जनताले अहिले संकटको सामना भोग्नुपरेको बताए ।
उनले दिल्लीसँग कुस्ती खेल्नु र हात्तिसँग कुस्ती खेल्नु उस्तैउस्तै हो भन्दै ठूलाले सानालाई हेप्ने नियमै भएको बताए । ‘अहिले भारतसँग जोरी खोजेर फाइदा हुँदैन, पहिले मधेसी र थारुको समस्या हल गर्नुपर्छ’, उनले भने ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/