अहिले तराई मधेसमा आन्दोलनका नाममा जे गतिविधि भइरहेका छन्, त्यसको निहुँ बनाएर भारत सरकारले नेपालमाथि नाकाबन्दी लगाइरहेको छ । भारत सरकारले भन्न त ‘तराई मधेसको परिस्थिति असामान्य भएकाले हामीले आपूर्ति गर्न सकेनौँ’ भनेको छ । मधेस आन्दोलन र नाकाबन्दी एकअर्कासँग सम्बन्धित पनि देखिन्छ । भारतले मधेसी मोर्चा र मधेस आन्दोलनलाई ढाल बनाउने र मधेसी मोर्चाले भारतलाई ढाल बनाइएको अवस्था छ । यो अवस्थामा मधेसको आन्दोलन नै कति जायज, कति नाजायज, यसमा पनि बहस आवश्यक छ ।
जमिनदारी प्रथामाथि दख्खल पुगेपछि
मेरो विचारमा हिजो पञ्चायत कालमा मधेसबाट आमहिसाबले सम्बन्धित ठाउँका जमिनदार, ठालुहरू नै जनप्रतिनिधित्वको नाममा आउँथे । चुनाव भनेको कसलाई जिताउने भन्ने हुन्थ्यो, त्यो जितेर आउँथे । त्यहाँका आम सर्वसाधारणको राजनीतिक पहुँच थिएन । त्यसमाथि मधेका महिला, दलितको प्रतिनिधित्व त शून्य थियो ।
मधेसमा लामो समयदेखि माथिल्लो जात, वर्ग अझ भनौँ जमिनदारहरूले शासन गरिरहेको अवस्था थियो । पश्चिमी मधेसमा कमैया राख्ने, पूर्वतिर हली–गोठाला राख्ने गरिन्थ्यो । जब मधेसमा बिस्तारै बहुदल आयो, लोकतान्त्रिक परिपाटी आए, त्यसपछि जनप्रतिनिधित्व हुन थाल्यो । ०४६ सालपछि सामान्य मानिस पनि राजनीतिक दलको समर्थनमा चुनाव जितेर आउने अवस्था सिर्जना भयो । सर्वसाधारण पनि राजनीतिक दलको समर्थनमा सांसद, मन्त्री हुन थाले ।
यसले क्रमशः मधेसको जमिनदारी प्रथा, त्यहाँको ठालुप्रथालाई भत्काउँदै गयो । जमिनदारी प्रथालाई दख्खल पुर्याउँदै गयो ।
पछिल्ला मधेस आन्दोलनको आन्तरिक उद्देश्य बेग्लै छ । मेरो बुझाइमा पछिल्ला मधेस आन्दोलनको उद्देश्य मधेसमाथि कुन वर्ग र जातिको वर्चस्वलाई कायम राख्ने भन्ने नै हो । मधेसका सर्वसाधारण, तल्लो वर्ग, कथित दलितले यो कुरा बुझेका छैनन् । र, मधेसी मोर्चाका नेताले मधेसी आमजनतामाथि एक प्रकारको सेन्टिमेन्टल ब्ल्याकमेल गरिरहेका छन् ।

उच्च वर्गको सत्ता टिकिरहँदा भारतलाई सजिलो हुन्छ
मेरो निष्कर्ष के हो भने, यो सीमांकनलगायत जति पनि माग भनिएका छन्, यी सबै देखाउने कुरा हुन् । भित्री कुरा तराई मधेसमा कुन जाति, कुन वर्गको वर्चस्व कायम गर्ने भन्ने नै हो ।
हाम्रो छिमेकी मुलुक भारतलाई पनि नेपालको तराईमा ठालुहरू, अभिजातहरू, जमिनदारहरूको वर्चस्व कायम भयो भने उनीहरूसँग डिलिङ गर्न सजिलो हुन्छ । तर, तराईका तल्लो वर्ग, कथित दलित जाति सत्तामा आए भने उनीहरूसँग डिलिङ गर्न भारतलाई अप्ठेरो हुन्छ । भोलि देश संघीय प्रणालीमा गएपछि पिछडिएका जाति, वर्गका व्यक्ति पनि सत्तामा आउन सक्छन् । उनीहरू देशभक्त हुन्छन्, इमानदार हुन्छन्, झुक्दैनन् । तर, ठालुहरू, जमिनदारहरू सत्ता खेलका लागि पनि छिटो झुक्छन्, समर्पित हुन्छन् । यसकारण पनि भारतले आज तराई मधेसको आन्दोलनलाई साथ दिइरहेको हो । भारत एउटा पुँजीवादी मुलुक हो, अर्को देशमा श्रमजीवी मानिसहरू सत्तामा आएको उसलाई त्यति खुसी लाग्दैन । किनभने, श्रमजीवीहरूसँग स्वाभिमान हुन्छ, देशभक्ति हुन्छ । यस्ता मानिससँग डिलिङ गरेर धेरै कुरा लिन सकिँदैन भन्ने भारतले बुझेको छ र मधेसमा उच्च जाति र वर्गका शक्तिलाई उचालिरहेको छ ।

मनोवैज्ञानिक ब्ल्याकमेलिङ
मधेसमा जुन आन्दोलन भइरहेको वा भड्किरहेको अवस्था छ, यो वस्तुगतभन्दा बढी भावनात्मक छ । वस्तुगत कुरामा वैज्ञानिकता हुन्छ । तर्क–वितर्क, खण्डन–मण्डन हुन्छ । तर, अहिलेको मधेस आन्दोलनका मागमा कुनै तर्क, तथ्य छैनन् । यो आन्दोलन वस्तुगत धरातलबाट भएको छैन । जे छन्, यी अधिकांश मनोवैज्ञानिक र भावनात्मक छन् ।
भावनात्मक कुरा यस्तो हुँदो रहेछ कि यसले समुदायलाई छिटो भड्काउन सक्छ । मानिसलाई छिटो उत्तेजित बनाएर विद्रोहमा ल्याउन सक्छ, मर्न वा मार्न पनि तयार गराउँछ । त्यसकारण आज मधेसी जनताको मनोविज्ञान बुझेर मधेसी मोर्चाका नेताले प्रयोग गरिरहेका छन् । त्यसकारण आजको मधेस आन्दोलन मधेसी मोर्चाका नेताले आममधेसी जनतामाथि गरेको सेन्टिमेन्टल ब्ल्याकमेलिङ हो । मूलधारका पार्टीले मधेसी जनतालाई यो कुरा राम्ररी बुझाउन सकिरहेका छैनन् ।

जब मूलधारका पार्टीहरूको वर्गोत्थान भयो
एक त एमाले, माओवादीजस्ता पार्टीहरू, जो साँच्चै श्रमजीवी वर्गका प्रतिनिधि थिए, यिनीहरू पनि क्रमशः श्रमजीवी वर्गबाट आफूलाई अलग्याउँदै गए, तराई–मधेसमा पनि र पहाडमा पनि । स्वयं पार्टीहरूको पनि वर्ग उत्थान भयो, तल्लो वर्गमा हिजो जुन एमालेको पकड थियो, माओवादीको पकड थियो, त्यो गुम्यो । पार्टीहरू, नेताहरू जति रुपान्तरित हुनुपथ्र्यो, त्यति भएनन् ।
देशभरि नै जातीय, वर्गीय हिसाबले पिल्सिएको वर्ग छ नै । तर, समग्र नेपाललाई हेर्दा गरिबी बढी मधेसमा छ । जुत्ता–चप्पल लगाउन नसक्नेको, आफ्ना बालबालिकालाई स्कुल पठाउन नसक्नेको, भूमिहीन, गतिलो आवास नभएर राति राम्रोसँग निदाउन नसक्नेहरूको संख्या ठूलो छ । नजिकैको धारा, इनारबाट पानी लिन नपाउने दलित पनि मधेसमा छन् । हिजो यी सबैको प्रतिनिधित्व एमालेले गथ्र्यो, एउटा खास कालमा माओवादीले पनि गर्यो । तर, यी पार्टीले मधेसका पिछडिएका वर्गलाई समेट्न सकेनन् र आजको समस्या सिर्जना भएको अवस्था छ । कि आज मधेसका पिछडिएको समुदायले एमाले, माओवादीका नेतालाई आफ्नो नेता नठानिरहेको अवस्था छ । त्यसैले उनीहरू बाइमिस्टेक हाम्रो नेता त उपेन्द्र यादव पो हुन् कि, राजेन्द्र महतो हुन् कि, महन्थ ठाकुरलगायत पो हुन् कि भनिरहेका छन् । जो वर्षौंसम्म सत्तामा हालिमुहाली गरे, व्यक्तिगत हिसाबले सत्तालाई लुछ्नु लुछे, यो देशको भ्रष्ट नेताको सूची खोज्ने हो भने अधिकांश मधेसबाट प्रतिनिधित्व गर्ने, जो पटक–पटक मन्त्री भए, जसले कांग्रेस छोडे, उनीहरूकै नाम अघिल्लो पंक्तिमा आउला ।

किन तराईमा भूमिसुधारको कार्यक्रम लागू गर्न दिइँदैन ?
जतिजति बेला भूमिसुधार कार्यान्वयन गर्ने, जग्गा हदबन्दीको कुरा आउँछ, यी मधेसकेन्द्रित दलका नेताहरू र नेपाली कांग्रेसका सांसदहरू सधैँ त्यसको विपक्षमा उभिए । तराई मधेसमा भूमिसुधारको कार्यक्रम लागू गर्नै दिइँदैनथ्यो । उनीहरू कसरी मधेसीका प्रतिनिधि भए ? तराईमा छोरी बेच्ने ज्वाइँ किन्ने प्रथा छ । ज्वाइँ अलि पढे–लेखेको भेटियो भने अहिले पनि २०–३० लाख हालेर ज्वाइँ किनिन्छ र छोरी बेचिन्छ । यो छोरी बेच्ने प्रथा बेठीक हो भनेर यी मधेसकेन्द्रित दलका नेता कहिल्यै बोल्दैनन् । मधेसमा यति ठूलो छुवाछुत छ, पहाडमा पनि छ, धेरै घटिसक्यो तर यो छुवाछुत गलत हो भनेर उनीहरू बोल्दैनन् । मधेसका महिलालाई बोक्सीका नाममा मलमूत्र खुवाइन्छ, दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छ, त्यसका विरुद्ध उनीहरू बोल्दैनन् । त्यहाँका गरिबका छोरीछोरीको शिक्षाका लागि उनीहरू बोल्दैनन् । यिनीहरू कसरी मधेसका नेता भए ?
तर, मधेसी जनताले उनीहरूलाई नै बाध्य भएर आफ्नो नेता मान्नुपर्ने परिस्थिति सिर्जना भएको छ । अब हामीले यसलाई तोड्नुपर्छ । त्यहाँको खास तल्लो वर्गको, उत्पीडित जातिको, समुदायको नेता हामी हौँ भन्ने मूलधारका पार्टीले स्थापित गर्नुपर्छ ।

तराई मधेस एउटा छैन, अनेक छ
मधेसका ती आमजनतालाई हामीले सलाम गर्नुपर्छ, जसले सिमाना बसेर दैनिकजसो भारतीय सुरक्षाकर्मीहरूको उत्पीडन भोगेका छन्, उनीहरूको जग्गा–जमिन हडपिएको छ, घर–पसल तोडफोड भएको छ, कतिपयका छोरीचेली पनि बलात्कृत हुनुपरेको छ, उत्पीडन भोगेर पनि सिमानाको वर्षौं वर्षदेखि रक्षा गरिरहेका छन् । यसरी सिमानामा बस्ने मधेसी समुदायको राष्ट्रियताप्रति हामीलाई कुनै पनि शंका छैन । तिनीहरू शतप्रतिशत देशभक्त र राष्ट्रवादी हुन् ।
भर्खरै भन्टाबारीमा भारतीय पक्षबाट जुन खालको अत्याचार भयो, त्यसमा सर्वसाधारण, सोझा तराईवासी परेका छन् । नेपालका ६२ ठाउँमा भारतले सीमा मिचेको छ, ती सबै ठाउँमा तराई मधेसका सर्वसाधारण त्यसबाट प्रताडीत छन् । आज नेकपा एमालेको आँखाबाट हामीले हेर्दा तराई मधेस एउटा छैन । माथि आइसक्यो कि एउटा ठालुहरू, तथाकथित अभिजातहरू, ऐश–आराम गर्नेहरूको मधेस छ, अर्को साँझ–बिहान हातमुख जोर्न नसक्ने गरिब, दलित र उत्पीडितहरूको मधेस छ ।
यतिसम्म कि इनार छोएको नाममा, सिनो नउठाएको नाममा गाउँ निकाला गर्ने मधेस पनि छ । मधेसलाई एउटै देख्नु गलत हो । आजको आधुनिक अथवा गणतन्त्रमा गइसकेको नेपाल राष्ट्रले त्यहाँको दबाइएको–दबिएको, पछाडि परेको–पारिएको समुदायलाई सम्बोधन गर्नुपर्छ । त्यसैले भर्खरै मात्र हामीले पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई भन्यौँ, ती समुदायका निम्ति राज्यले केही सुधारका कार्यक्रम घोषणा गरोस् ।

बदलिएको राज्य
हिजो राज्यले विभेद गरेकै हो । हिजोका शासक र संविधान विभेदकारी थियो । हिजो सामाजिक प्रचलनका आधारमा नियम–कानुन बन्थ्यो । अझभनौँ, हिन्दूधर्मबाट निर्देशित भएर नियम–कानुन बन्थे, जसले जातीय विभेद गथ्र्यो । तर, आजको राज्य त्यो होइन, विभेदविरुद्ध, निरंकुशता, तानाशाहीका विरुद्ध लड्दै आएको राज्य हो आजको । आजको राज्य ल्याउन वर्षौंवर्ष नेताहरू जेल बसे, हतियार उठाए, निर्वासित भएर पनि आन्दोलन गरे । यसरी नै लामो संघर्षले संविधान आएको हो । त्यसैले आजको राज्य र संविधान विभेदकारी छैन । हिजो राज्य विभेदकारी थियो, निरंकुश थियो । तर, आजका राज्यका प्रतिनिधि हिजो व्यवस्थालाई विस्थापित गरेर आएका हुन् । धर्मका नाममा विभेद नहुने व्यवस्था छ अहिले । त्यसैले राज्यको चरित्र बदलिएको छ ।
जब राज्यको राजनीतिक संयन्त्रहरू बदलिन्छन् । राज्यसत्ताका अवयवहरू बदलिँदै जान्छन् । राजनीतिक सत्ता र राज्य सत्ता फरक हो । सरकार राजनीतिक सत्ता हो । अड्डा, अदालत, कर्मचारीतन्त्र, सेना, प्रहरी यी सबै राज्य सत्ता हुन् । राजनीतिक सत्ताहरू बदलिँदै जाँदा राज्य सत्ताका यी अवयवहरू पनि बदलिँदै जान्छन् र गएका पनि छन् । हिजो कर्मचारीतन्त्रमा बाहुन–क्षेत्री अथवा माथिल्लो जाति भन्नेहरूको जुन वर्चस्व थियो । त्यो वर्चस्व क्रमशः अब हट्दै जान्छ, हटिराखेको पनि छ । कि हामीले प्रगतिशील आरक्षणको नीति लिएका छौँ । राज्यले पिछडिएको जाति, वर्गलाई उकास्न शिक्षा, स्वास्थ्यमा लगानी गरिरहेको पनि छ । यसले क्रमशः पिछडिएको जातिलाई माथि उकास्दै छ । तर, रातारात बदलिने कुरा यो पक्कै पनि होइन । राजनीतिक सत्ताहरू जति छिटो बदलिन्छ, राजनीतिक सत्ताहरू त्यति छिटो बदलिँदैनन् । क्रमशः बदलिने जाने हो । किनभने, अफिसर हुन त पढेकै चाहियो । अहिले पढिरहेकाहरू भोलि राज्य संयन्त्रमा आउने हुन् ।
आज भारतले नेपाली मधेसीबारे खुब चिन्ता लिन्छ । भारतीय सरकारलाई मेरो प्रश्न छ– भारतीय सेनामा नेपाली युवा भर्ती गर्दा भारतीय सरकार किन मधेसी युवालाई लैजाँदैन ? उसले पनि त पहाडका जनजाति, क्षेत्री–ठकुरी खोज्दै हिँडेको छ । नेपालका मधेसी जनताप्रति त्यति अगाध विश्वास थियो त, आफ्नो सेनामा पनि लैजानुपथ्र्यो । अब नेपालको सेना–प्रहरीमा कुनै पनि जातिको निम्ति बन्देज छैन, खुला छ । यसका निम्ति मधेसी जनताले पहल गरुन् । त्यहाँ पढ्न नसक्नेहरूलाई राज्यले पढाओस्, आज यस्तो चिन्तन, माग आवश्यक छ ।

नक्कली मधेसीलाई नक्कली ढंगकै व्यवहार गर्नुपर्छ
आज यो आन्दोलनसँगै नेपालका राजनीतिक दलको अगाडि एउटा अवसर पनि आएको छ, मधेसमा सच्चा मधेसी र नक्कली मधेसी छुट्याउने बेला आएको छ । सक्कलीहरूलाई सक्कली र नक्कलीहरूलाई नक्कली ढंगकै व्यवहार हुनुपर्छ । सक्कली ती हुन्, जो सिमानाका खम्बा हुन्, देशभक्त र राष्ट्रवादी छन् । नक्कली ती हुन्, जो वास्तविक उत्पीडित मधेसको पक्षमा बोल्दैनन्, बोल्नै चाहँदैनन् । जो भारतको आडमा शक्तिआर्जन गर्न खोजिरहेका छन् । आफ्नो सत्ता टिकाउने खालको व्यवस्थाका लागि काठमाडौंलाई दबाब दिन खोजिरहेका छन् । काठमाडौं र मधेसको बीचमा विभेद सिर्जना गर्न खोजिरहेका छन् । हामी मधेसी आमदिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छौँ, तपाईंहरूलाई विभेद, दमन गर्ने केन्द्र होइन अहिलेको काठमाडौं । हिजो थियो, अब हुँदैन । किनभने, काठमाडौंको शक्ति संघीय प्रणालीमार्फत तपाईंहरूको घरआँगनमा पुगेको छ । अब काठमाडौंसँग मिलेर प्रगति गर्ने हो । मधेसी नेताहरू भन्न लगाउँछन्— गर्व से कहो हम मधेसी छि । तर, हामी भन्न लगाउँछौँ— गर्व से कहो हम नेपाली छि, त्यसपछि मधेसी छि । पहिले हामी नेपाली हौँ, त्यसपछि मधेसी हौँ । पहिले हामी नेपाली हौँ, त्यसपछि कुनै जाति हौँ । हामी मधेसी आमसमुदायलाई ‘पहिले हामी नेपाली हौँ’ भन्ने भावना स्थापित गर्न चाहन्छौँ ।
हिजो भारत बोल्नु र आज बोल्नुको फरक
मान्छेहरू प्रश्न गर्छन्— ०४६ सालमा भारतले आन्दोलनको समर्थन गर्दा ताली पड्काउनेहरू, ०६२÷६३ को आन्दोलनमा भारतले समर्थन गर्दा ताली पिट्नेहरू आज भारत मधेसको पक्षमा बोल्दा किन रिसाउँछन् ? मलाई के लाग्छ भने, हिजो शासन निरंकुश थियो, मान्छेले बोल्न दिइँदैनथ्यो, मानवअधिकार थिएन, स्वतन्त्रता थिएन, प्रेस स्वतन्त्रता थिएन, तब न नेपालीले आन्दोलन गर्दा अन्तर्राष्ट्रिय समुदायले समेत साथ, सहयोग र समर्थन गर्थे, त्यो स्वाभाविक थियो । किनभने, त्यो लोकतन्त्रको पक्षमा, मानवअधिकारको पक्षमा समर्थन थियो । हिजो र आजको राज्यलाई एउटै आँखाले हेर्नुहुँदैन । आजको राज्यले शोषण, दमन, विभेद गर्दैन । कानुनका दृष्टिले विभेद गर्दैन । आजको राज्यले मानवअधिकार, प्रेस स्वतन्त्रतालाई रक्षा गर्छ । आजको यस्तो लोकतान्त्रिक राज्यविरुद्ध जब लडिन्छ, त्यसलाई समर्थन गर्नु एउटा लोकतान्त्रिक राज्यको नैतिकता होइन । त्यसो हो भने त आईएसआईएसको गतिविधिलाई किन समर्थन नगर्ने त ? धार्मिक स्वतन्त्रता भएन, दमन भयो, आईएसआईएसका पनि अनेक तर्क छन् । उसले आक्रमण गर्छ, हत्या गर्छ, बन्धक बनाउँछ, समर्थन गर्ने ? त्यसकारण यहाँ छुट्याउनुपर्छ । राज्यको चरित्र कस्तो छ, त्यसको आधारमा समर्थन वा विरोध के भएका छन्, हेरिनुपर्छ ।
मधेसका माग कति जायज कति नाजायज
मधेसी मोर्चाको अहिलेको मागको वस्तुगत आधार नै छैन, यो खालि साइकोलजिकल ब्ल्याकमेलिङ हो । मान्नुस् कि यी माग साइकोलजिकल ब्ल्याकमेलिङ होइनन्, साँच्चै माग हुन् । यी मागमध्ये के चाहिँ संविधानमा छैन त ? आजको संविधानका धारामा मधेसलाई हेपिएको, ठगिएको, पहाडको तुलनामा मधेसलाई विरोध गरेको के के धारा छन् त ? यदि त्यस्तो विभेद गरेका धारा छन् भने हामी सच्याउन तयार छौँ । तर, मलाई विश्वास छ, कुनै पनि धाराले विभेद गरेको छैन ।
भोलि मधेस टुक्र्याउन आजैदेखि तयारी
अहिले संविधानमा नागरिकताबारे जे व्यवस्था छ, यति सजिलो गरी नागरिकता पाउने व्यवस्था दुनियाँमा कुन देशको संविधानमा छ ? कुनै पनि विदेशी महिला नेपाली महिला विदेशी पुरुषसँग बिहे गरेको भोलिपल्ट नागरिकता पाउँछिन् । कुनै पनि विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि नागरिकता पाउँछिन् । हामीले नागरिकतामा एकदमै खुला नीति लियौँ, मलाई त के डर छ भने यसले १५–२० वर्षपछि मधेसमा कहीँ नेपाली मधेसीभन्दा गैरनेपाली मधेसीको बाहुल्य नहोस् । अझ मैले बुझेको यो हो, भोलि १५–२० वर्षपछि नेपालको मधेस नेपालमा बस्ने कि स्वतन्त्र हुने ? जनमत संग्रहका लागि आज तयारी भइरहेको छ । हिजो श्रीलंकामा त्यही गरियो, तमिल क्षेत्र स्वतन्त्र हुने कि श्रीलंकामा बस्ने भनेर कति वर्ष लडाइयो । ६० हजारभन्दा बढी मानिस मरे, त्यो औचित्यहीन आन्दोलन थियो ।
बहुराष्ट्रियता स्विकार्न सकिँदैन
मधेसी मोर्चाले उठाएका मागका सम्बन्धमा उहाँहरू र हामीबीच नमिलेको कुरा सीमांकन मात्रै हो । अरु उहाँहरूले मधेसमा तथाकथित लोकप्रियता हासिल गर्न उठाएका कुरा हुन् । जस्तो, उहाँहरू भन्नुहुन्छ, नेपालमा एउटा राष्ट्रियता हुनुहुँदैन, बहुराष्ट्रियता हुनुपर्छ ।
उहाँहरूको ११ बुँदे मागको अन्तिम बुँदामा बहुराष्ट्रियता हुनुपर्छ भनिएको छ । यो मधेसमा लोकप्रिय हुन र भारतलाई भक्ति देखाउन भनिएको हो ।
कसरी हुन्छ नेपालमा बहुराष्ट्रियता ? नेपाल कतिवटा देश मिलेर बनेको देश हो र ? कुनै स्वतन्त्र राष्ट्रलाई गाभेर, जितेर हिजो नेपालको एकीकरण भएको होइन । एकीकरण हुनुअघि नेपालको कुनै भाग स्वतन्त्र देश थिएन, जसलाई अलग पहिचान दिन परोस् । त्यसकारण, नेपालमा जातीय विविधता छ, सांस्कृतिक, धार्मिक विविधता छ, तर राष्ट्रि एउटै छ । यो एकल राज्य हो र एउटै राष्ट्रियता हुन्छ । मधेसको राष्ट्रियता नेपाली हो, पहाडको पनि नेपाली हो । जनजाति, खसको राष्ट्रियता पनि नेपाली हो । यही नेपाली राष्ट्रियताभित्र हामी सबै अटाउँछौँ र अटाउनुपर्छ ।
सामाजिक हिसाबले भारत हामीभन्दा बढी विविधतायुक्त देश छ । हामीसँग एक सय २५ जाति छन्, त्यहाँ पाँच सय छन् । भारतको कुनै पनि नागरिकले आफ्नो नागरिकता वा पासपोर्टमा नेसनालिटी लेख्दा बंगाली, बिहारी, आसामिज वा अन्य केही लेख्दैनन्, इन्डियन लेख्छ । त्यति धेरै विविधता भएको मुलुकमा त एउटा राष्ट्रियता हुन्छ भने, हाम्रो किन बहुराष्ट्रियताको माग उठिरहेको छ ? यहीँनेर नै उहाँहरू फरक मत राख्दै हुनुहुन्छ, जुन स्विकार्न सकिँदैन, सैद्धान्तिक हिसाबले यो गलत छ ।

कर्णालीको सांसद एक वर्ष लगाएर आफ्नो निर्वाचन क्षेत्र घुम्ने ?
अर्को माग छ, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने । म उहाँहरूलाई प्रश्न गर्छु, तपाईंहरू मनाङ, मुस्ताङ, कर्णाली अथवा नेपालका पहाडी जिल्ला जहाँ जनसंख्या कम छ, त्यहाँ प्रतिनिधित्व समाप्त गर्न खोज्दै हुनुहुन्छ ? यसो हो भने, तपाईंहरूसँग कुरा मिल्दैन । उहाँहरूले भनेअनुसार निर्वाचन क्षेत्र बनाउने हो भने कर्णालीमा एक वा दुई निर्वाचन क्षेत्र हुन्छ । कर्णालीमा दुई क्षेत्र भए पनि त्यहाँको सांसदले आफ्नो निर्वाचन क्षेत्र घुम्न एक वर्ष लाग्छ ।
पहाडका मानिसलाई प्रतिनिधित्व चाहिन्छ कि चाहिँदैन ? मधेसमा साइकलमा एक घन्टामा घुमिसक्ने निर्वाचन क्षेत्र बनाउने, पहाडमा एक वर्ष लगाएर घुम्नुपर्ने निर्वाचन क्षेत्र बनाउने ? यो मान्य हुन सक्दैन र यो अन्तर्राष्ट्रिय प्राक्टिस पनि होइन । भारतको लक्षद्वीपमा २२ हजारको निर्वाचन क्षेत्र हुने, महाराष्ट्रतिर ५७ लाख जनसंख्या भएको क्षेत्रको एउटा निर्वाचन क्षेत्र हुने, बिहार–उत्तरप्रदेशमा ३३ लाखसम्मको निर्वाचन क्षेत्र हुने, सिक्किममा एउटा मात्रै निर्वाचन क्षेत्र हुने, उत्तरप्रदेशमा ८० भन्दा बढी निर्वाचन क्षेत्र हुने, हुँदोरैछ त विविधता ।
यहाँ पनि हामीले भनेका छौँ, एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये यदि सहमतिमा आउने हो भने ७५ वटा जिल्लालाई एक–एक जिल्ला मानेर बाँकी निर्वाचन क्षेत्र जनसंख्याको आधारमा बनाउँ । यो भनेकै छौँ, यसमा नमिल्नुपर्ने कुरा के छ !

अहिलेको सीमांकनलाई छोए देशैभरि आगो बल्छ
मधेसी मोर्चाका दलहरू र खासगरी मूलधारका दल कांग्रेस, एमालेको सीमांकनसम्बन्धी सैद्धान्तिक प्रस्तावना नै मिल्दैन । एमाले र कांग्रेस पहिलेदेखि यो स्पष्ट भन्दै आएका हुन्— नेपालको भौगोलिक विविधताका हिसाबले हिमाल, पहाड, तराई मिलाएर प्रदेश बनाउनुपर्छ । यसमा कति स्पष्ट भनियो होला, कति भनिएन होला, तर मूल कुरा यही नै हो । मधेसी मोर्चाको कुरा छ, मधेस एउटै हुनुपर्छ । पछि उहाँहरू दुई प्रदेशसम्म आउनुभो । उहाँहरूको सैद्धान्तिक कुरा के हो भने यो, तराई मधेसको सम्म भागसँग पहाडको भाग जोड्नै हुँदैन । हामी जोड्नैपर्छ भनेका छौँ । हामीबीच सिद्धान्त नै फरक छ । त्यसैले कुरा मिलिरहेको छैन । लोकतन्त्रमा फरक सैद्धान्तिक मत राख्न पाइन्छ । तर, यसको निष्कर्षको पनि विधि हुन्छ, लोकतन्त्रमा । विधि के भने कि त आमसहमतिबाट मध्यबिन्दुमा जानुपर्यो, कि त जनमत संग्रहमा जानुपर्यो ।
मध्यबिन्दुमा जाने कोसिस त सीमांकन बनाउँदै भएको छ । जो कि दुई नम्बर प्रदेश तराईका आठ जिल्लाको छ । एक प्रदेश एक मधेसकै माग उठेकाले यसरी सम्बोधन गरिएको हो ।
अब यो सीमांकनको मुद्दा जुन छ, यसलाई बारम्बार कोट्याउनुहुँदैन । किनभने यो सीमांकन चलाउनेबित्तिकै देशभरि नै आगो बल्छ । आज मधेसका केही मानिस असन्तुष्ट छन्, भोलि देशभरि नै असन्तुष्टि हुन्छ । यसमा हाम्रो भनाइ यो हो, यसमा तपाईंहरूको चित्त नबुझेको हो भने, यो मुद्दा टुंग्याउन एउटा आयोग बनाउँ । भोलि फेरबदल गर्नुपरे पनि आयोगले गर्छ । यो कुरा पनि नमान्ने हो भने, एमालेको तर्फबाटै म भन्छु– झापा, मोरङ, सुनसरी कुनै पनि हालतमा दुई नम्बर प्रदेशमा जाँदैन र जान दिँदैनौँ, त्यहाँका जनताको भावना नै यही छ । तपाईंहरू मान्दै मान्नुहुन्न भने, मेरो व्यक्तिगत भनाइ यो छ, त्यहाँ जनमत संग्रह गरौँ । कैलाली, कञ्चनपुरमा जनमत संग्रह गरौँ । आवश्यक पर्यो भने देशभरि नै जनमत संग्रह गरौँ । प्रदेशहरू हिमाल, पहाड, मधेस मिसाएर बनाउने कि मधेसमा अगल र पहाडमा अलग बनाउने भनी दुई क्लजमा जनमत संग्रह गरौँ । आखिर लोकतन्त्रमा निर्णय गर्ने विधि त यही हो । बल र हिंसाले निर्णय हुँदैन ।

आन्दोलन नै हिंसात्मक हुन्छ भने सम्बोधन पनि फरक हुन्छ
आन्दोलन पनि शान्तिपूर्ण हुनुपर्यो । फ्रान्समा भर्खरै आईआईएसले आक्रमण गर्यो । अहिले त्यहाँ वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ, सुरक्षाको कारण देखाउँदै फ्रेन्च गभर्मेन्टले जनतालाई जुलुस, प्रदर्शन नगर्न भन्यो । जुलुस त निकालेनन् तर जुलुसको साटो मानिसहरूले चोकमा जुत्ता थुपारे । लाखौँ जुत्ता थुपारियो । यो पनि एउटा विरोधको शैली हो । तर, यहाँ स्कुलको बसमा पेट्रोलबम हान्ने, एम्बुलेन्समा गएर मान्छे मार्ने, यो कस्तो आन्दोलन हो ? आन्दोलन नै हिंसात्मक हुन्छ भने, त्यसको सम्बोधनको बाटो पनि फरक हुन्छ नै ।
हो, तपाईंले भनेजस्तै हामीले एकैचोटि विकसित राष्ट्रमा जस्तो सभ्यतापूर्ण आन्दोलनको अपेक्षा गर्नु पनि हुँदैन । तर, आन्दोलनका स्वरुप भने अब बदल्दै जानुपर्छ ।
प्रस्तुति : ध्रुवसत्य परियार
फोटो तथा भिडियो : बिजु महर्जन
News from ratopati.com