दनदनी बलिरहेको अायाेगको गाडी। तस्विर: सन्तोष
सर्लाही– राष्ट्रिय मानव अधिकार अायाेग जनकपुर क्षेत्रीय कार्यालयको गाडी मधेसी माेर्चाका कार्यकर्ताले अागजनी गरेका छन्। सर्लाहीको नवलपुरमा माेर्चाकाे अामसभामा गाेली प्रहार भएपछि तितरबितर भएका अाक्रोसित अान्दोलनकारीले जुटपानीमा अायाेगको गाडी जलाएका हुन्।
माेर्चा कार्यकर्ताको अाक्रमणमा अायाेगकी अधिकृत नीतु गड्ताैला घाइते भएकी छिन्। आयोगको गाडी जलाएको स्थान जुटपानी नवलपुरभन्दा एक किलोमिटर दक्षिण हो। आयोगको टोली नवलपुरबाट मलङ्गवाबाट जाने क्रममा थियो। नवलपुरतिरबाट ठूलो संख्यामा मोर्चा कार्यकर्ता दौडिएको देखिएपछि आयोगको टोली रोकिएर स्थितिको अवलोकन गरिरहेको थियो। साेही समयमा माेर्चा कार्यकर्ताले गाडीमा अागो सल्काइ छेउमै रहेकी अायाेगकी कर्मचारी गड्ताैलामाथि अाक्रमण गरेका थिए। उनलाई सामान्य चोटपटक लागेको छ।