Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

जब भारतको राज्यसभामा नेपाल बहस सुरू भयो... (भिडियो)

काठमाडाैं-भारतीय माथिल्लो सदन राज्यसभामा नेपालमा विकसित पछिल्लो घटनाक्रम र नेपाल–भारत सम्बन्धबारे बहस भएको छ। बिहीबारको राज्य सभामा सांसदहरुले नेपाल विषय गम्भीर भएको भन्दै यसबारे बहसको माग गरेका थिए।
जनता दलका सांसद पवनकुमार बर्माले नेपालको स्थितिबारे ध्यानाकर्षण प्रस्ताव दर्ता गराएपछि माथिल्लो सदनमा नेपालबारे छलफल सुरू भएको थियो।
संसदमा उपस्थित विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो लिखित वक्तव्य पढेर सुनाउन खोजेकी थिइन्। उनलाई उपसभापतिले राकेर लिखित वक्तव्य सांसदहरुको हातमा पुगिसकेकाले सिधै प्रश्न उत्तरमा जान भनेका थिए।

ध्यानाकर्षण प्रस्तावक जीडीयुका सांसद पवनकुमार बर्माले नेपालमा इन्धन, ग्यास तथा खाद्य सामग्री भएको र नेपालको अवस्था संकटपूर्ण हुनुमा भारतीय कुटनीति जिम्मेवार रहेको बताएका थिए। भारत सरकारको व्यवहारका राेटीबेटीको सम्बन्ध भएको नेपाल चीनसँग नजिक हुने अवस्थामा पुगेको उनले अाै‌ल्याएका थिए।

त्यसपछि विदेशमन्त्री स्वराजले बीचमै उठेर यो विषय तीन–तीन मिनेट बहस गरेर सकिने विषय नभएको भन्दै बृहत् छलफल गर्न सकिने बताएकी थिइन्।

नेपालमा भारतविरोधी स्वर चर्किएको र भारतीय चलचित्र र टेलिभिजन च्यानलहरूसमेत बन्द भएको बताए। नेपाल बिषयमा छलफल गर्न प्रयाप्त समयको खाँचो अाैंल्याउँदै कहिदिनमै अर्को चरणको बहस हुने भन्दै बिहीबारको लागि बहस रोकिएको छ। सम्भवतः सोमबार यो बिषयमा वृहत बहस हुनेछ।
भिडियोमा हेर्नुहोस भारतको राज्य सभामा नेपालबारे भएको बहसको संपादित अंशः
Ą
https://www.flickr.com/photos/spklg/15211044551/