Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

भारतबाट फर्केपछि परराष्ट्र मन्त्री थापाले भने– केही दिनमै स्थितिमा सुधार आउँछ(भिडियोसहित)

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले देशको संकटको स्थितिमा केही दिनमा सुधार आउने बताएका छन्।
 
तीन दिने भारतको निजी भ्रमण सकेर आज स्वदेश फर्केका थापाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूले भारतीय पक्षसँग सीमामा भइरहेको अवरोध र पारवाहन समस्याबारे कुरा गरेको बताए। ‘मैले भारतीय विदेश मन्त्रीसहित विभिन्न दलका नेताहरुसँग यस विषयमा कुरा गरें‘ थापाले भने ‘केही दिनमै स्थितिमा सुधार आउँछ।‘ उनले हल्लाको पछि नलागि परिणाम कुर्न पनि नेपाली जनतालाई आग्रह गरे।
 
थापासँगै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय पनि नेपाल आएका छन्।  

Ą
https://www.flickr.com/photos/spklg/15211044551/