Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

बाबुराम र प्रदीप ज्ञवालीको प्रश्नमा प्रचण्डले दिए जवाफ– यो नियोजित छ, शेरबहादुर अझै मौन

काठमाडौं –नयाँ शक्ति निर्माण अभियानका संयोजक र एमाले सचिव प्रदीप ज्ञवालीले भारतीय नेतासँग भएको कुराकानीका विषयमा प्रश्न उठाएपछि एकीकृत माअ‍ोवादी अध्यक्ष प्रचण्डले जवाफ दिएका छन् । रातोपाटीसँगको कुराकानीमा प्रचण्डले भट्टराई र ज्ञवालीले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।
मंसिर १७ गते काठमाडौंमा भएको एक कार्यक्रममा भट्टराईले ‘भारतीय शासकवर्गलाई के आश्वासन दिइएको थियो ? संविधान जारी हुनुअघि दिल्ली जानेहरुले जवाफ दिनुपर्ने’ भन्दै प्रचण्ड र देउवामाथि हमला गरेका थिए । एमाले नेता ज्ञवालीले एक अन्तर्वार्ता मार्फत यस्तो प्रश्न उठाएका थिए । जवाफमा प्रचण्डले भनेका छन्, ‘अहिले प्रचण्डले के आश्वसन दिएका थिए भनेर जसरी हल्ला गरिएको छ । त्यो नियोजित छ । यो कसै न कसैको योजनामा चलेको हल्ला हो । भारत भ्रमणका बेला नेपालको पक्षमा राम्रो इमेज बनाएर आएको थिएँ । त्यो मेट्टाउने कोषिश हुँदैछ । ’
आफ्नो भारतभ्रमणवारे प्रचण्डको जवाफ यस्तो छ
मेरो भारत भ्रमणका बेला संविधानका विषयमा र राष्ट्रियताको विषयमा गरी दुई वटा विषयमा कुराकानी भएको थियो । भारतमा जे–जा सँग भेट भएको थियो, उनीहरु सवैले सीमानङ्क गरेर जाँदा नै राम्रो हुन्छ, यसरी आएको संविधान सवैलाई मान्य हुन्छ भन्ने कुरा उठाएका थिए । विना सीमाङ्कनको संविधानले मधेशको माग सम्बोधन गर्देन कि भन्ने चासो र चिन्ता भारतीय नेता सवैमा देखिएको थियो ।

उनीहरुको यो चासो र चिन्ता आएपछि मैले त्यहाँ भनेको थिए, ‘हाम्रो जोड पनि सीमाङ्कनसहितको प्रदेश बनाउनेतिर छ । मैले चार दलको वैठकमा प्रस्ताव राखेको छु । हामीहरुबीच सैद्धान्ति सहमति पनि भैसकेको छ । म तपाईहरुले के भन्न सक्छु भने हामी संविधान जारीपूर्व नै सीमाङ्कन गर्न सक्छौँ ।
भारत जानुपूर्व मैले विमानस्थलमा यो कुरा मिडियाकै अगाडि राखेको हुँ । जुन रेकर्ड तपाईहरु हेर्न सक्नुहुन्छ । सीमाङ्कमा जान हामी सकरात्मक भएका छौँ, सैद्धान्तिक सहमति तयार भएको छ भनेर भनेको थिएँ ।
अर्को विषय प्रत्येक भारती नेतासँगको भेटमा मैले हामी भारतको मित्र हुन तयार छौँ, तर भारतको एसम्यान बन्न सक्दैनौँ भनेको थिएँ । तपाईहरुले एसम्यान खोज्नुभएको हो भने त्यो म बाट सम्भव छैन भनेको थिए । यो कुरा प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य सवै नेतालाई भनेको छु । भाषा मिठो नै राखेको थिएँ । तर, चुरो कुरा त्यही थियो । उहाँहरुले नबुझ्ने कुरै भएन ।
यस बाहेक धर्मको सन्दर्भमा भारतीय जनता पार्टीका एक जना वरिष्ठ नेताले चासो राख्नुभएको थियो । उहाँले र्म पविर्तन हुने जुन प्रक्रिया रोक्नुपर्यो भन्नुभएको थियो । मैले उहाँलाई नेपालको संविधानमा धर्मका विषयमा हामीले जे जै राख्न सहमति गरेका थियौँ त्यो भनिदिएँ । हामीले पहिला नै मस्यौदमा राखेका छौँ–प्रलोभनका आधारमा या दवाव दिएर धर्म परिवर्तन गर्र्नेेलाई अपराध मानिने छ । धार्मिक स्वतन्त्रताको विरोध हुँदैन । धर्म निरपेक्षता राख्ने हटाउने भन्नेविषया कुनै कुरा गरेका थिएनन् उनले ।
मैले भारतीय नेतासँग भएका कुराकानीवारे त्यहाँका मिडियामा राम्रोसँग भनेको छु । मैले राष्ट्रियताको पक्षमा आफु मित्र हुन तयार तर एसम्यान हुन नसकिने बताएको त्यहाँका मिडियामा पनि भनेको थिएँ । तीन वटा अग्रेजी मिडियसहित ६ वटा जति अन्तर्वार्ता नै दिएको थिए ।
संविधान जारी भएपछि पनि मैले सहिद मञ्चमामा बोल्दै भारतसँगको सम्बन्धको विषयमा बोलेको थिएँ । संविधान निर्माणसम्मको प्रक्रियालाई यो टुंगोसम्म ल्याइपुर्याउन सहयोग गर्ने हाम्रा छिमेकी मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ लगायत सबैलाई धन्यवाद दिएको थिएँ । हामी नेपालीको आफ्नो राष्ट्रप्रतिको प्रेम, हाम्रो निष्ठा, हाम्रो विश्वाससहितको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र आत्मसम्मानप्रतिको हाम्रो विश्वासलाई हाम्रा छिमेकी मित्रराष्ट्रहरू भारत र चीनले पक्कै पनि सम्मान गर्नेछन् भन्ने पनि विश्वास व्यक्त गरेको थिए । मैले भारतीय नेतालाई भनेको थिए, ‘हामी तपाईंहरूको असल मित्रको रूपमा, तपाईंहरूका जायज चासोलाई, चिन्तालाई सहयोग गर्न हामी तयार छौँ । हामी चाहन्छौँ, भारत सरकार र भारतीय जनताले पनि नेपालका जायज चासो, चिन्ता र आवश्यकतालाई त्यसरी नै सहयोग गर्नेछन् । मैले भनेको छु, हामी मित्र हुन चाहन्छौँ, हामी फेरि कसैको पनि एस–म्यान या जे भन्यो त्यो मान्ने नेपाली कहिल्यै भएनौँ, कहिल्यै हुने छैनौँ । यसलाई सम्मान गर्न पनि म विशेष रूपले अनुरोध गर्न चाहन्छु ।’
अहिले प्रचण्डले के आश्वसन दिएका थिए भनेर जसरी हल्ला गरिएको छ । त्यो नियोजित छ । यो कसै न कसैको योजनामा चलेको हल्ला हो । भारत भ्रमणका बेला नेपालको पक्षमा राम्रो इमेज बनाएर आएको थिएँ । त्यो मेट्टाउने कोषिश हुँदैछ ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/