Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label nepal. Show all posts
Showing posts with label nepal. Show all posts

दुर्गममा सुरु भो ‘ब्रान्चलेस बैंक’ सेवा

पुस ११, २०७२- यहाँको दुर्गम गाउँहरुमा शुक्रबारबाट ‘ब्रान्चलेस बैंक’ (शाखा रहित बैंक) सेवा सुरु भएको छ । जिल्लाको पूर्वी क्षेत्र इलाका नम्बर १ को खानीभन्ज्याङमा शुक्रबार औपचारिक उद्घाटन गरि सेवा सुरु गरिएको हो ।

प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले ‘ब्रान्चलेस बैंक’ सेवाको उद्घाटन गरेका थिए । सदरमुकामदेखि दुईदिन लामो दुरीका ग्रामीण भेगमा राष्ट्रिय वाणिज्य बैंकले ‘ब्रान्चलेस बैंक’ सेवा सुरु गरेको हो ।

दोस्रो दिन पनि संसदमा मधेसी मोर्चाको अवरोध

कार्तिक २३, २०७२- व्यवस्थापिका संसदको सोमबारको बैठक पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्धसहितका ८ दलको अवरोधले स्थगित भएको छ । अर्को बैठक मंसिर ६ गते बोलाइएको छ ।

From kantipur

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।

नेपालकै लामो पुल आजबाट सञ्चालनमा

काठमाडौ, भाद्र २७ - नेपालको सबैभन्दा लामो पुलको  निर्माण सम्पन्न भएर शुक्रबारबाट सञ्चालनमा आएको छ । बर्दियाको कोठियाघाटमा कर्णाली नदीको भंगालो गेरुवा नदीमाथि १ हजार १५ मिटर लामो पुल निर्माण गरिएको छ ।
चार वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल निर्धारित समयभन्दा एक वर्ष अगावै सम्पन्न भएको छ । पुलको लागत करिब एक अर्ब रहेको छ ।
कर्णालीले घेरिएको  राजापुर नगरपालिका र अन्य ५ वटा गाविसका वासिन्दाले त्यस पुलबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
राजमार्ग अवरुद्ध
पूर्व पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत कुवाभार भन्ने स्थानको कल्भर्टमा बाढीले गर्दा ट्रक फसेर बाटो अवरुद्ध भएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति: २०७१ भाद्र २७
Ą
https://www.flickr.com/photos/spklg/15211044551/