Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

नेपालकै लामो पुल आजबाट सञ्चालनमा

काठमाडौ, भाद्र २७ - नेपालको सबैभन्दा लामो पुलको  निर्माण सम्पन्न भएर शुक्रबारबाट सञ्चालनमा आएको छ । बर्दियाको कोठियाघाटमा कर्णाली नदीको भंगालो गेरुवा नदीमाथि १ हजार १५ मिटर लामो पुल निर्माण गरिएको छ ।
चार वर्ष अगाडि निर्माण सुरु भएको उक्त पुल निर्धारित समयभन्दा एक वर्ष अगावै सम्पन्न भएको छ । पुलको लागत करिब एक अर्ब रहेको छ ।
कर्णालीले घेरिएको  राजापुर नगरपालिका र अन्य ५ वटा गाविसका वासिन्दाले त्यस पुलबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
राजमार्ग अवरुद्ध
पूर्व पश्चिम राजमार्गको बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत कुवाभार भन्ने स्थानको कल्भर्टमा बाढीले गर्दा ट्रक फसेर बाटो अवरुद्ध भएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति: २०७१ भाद्र २७
Ą
https://www.flickr.com/photos/spklg/15211044551/