Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

झापालाई एन्फा कप

काठमाडौ, भाद्र २६ - झापा-११ ले फाइनलको दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सीएमजी क्लब संकटाको चुनौती ४-० ले समाप्त पारेर बुधबार एन्फा कप फुटबलको उपाधि जितेको छ। दुई दशकयता राजधानीमा आयोजित माथिल्लोस्तरको प्रतियोगिता जित्ने झापा मोफसलको पहिलो टिम हो। छत्तीस वर्षपछि राजधानीमा नकआउट फुटबलको उपाधि जित्ने प्रयासमा रहेको संकटाविरुद्ध झापाले पहिलो हाफमा एक गोल गर्‍यो।
उसले संकटाका सुरज थिङ रातो कार्ड बेहोर्दै ५३ औं मिनेटमा १० खेलाडीमा सीमित भएपछि ३ गोल थप्यो। संकटालाई निरीह तुल्याउने क्रममा झापाका नरेन लिम्बू, कर्ण लिम्बू, विकास राई र बुद्ध चेम्जोङले गोल गरे। झापाले १० लाख प्राप्त गर्‍यो भने संकटा ५ लाखमा चित्त बुझाउन बाध्य भयो। संकटाले आक्रामक सुरुआत गरेको थियो। सुरुका दुई आक्रमणमा पोस्ट बाधक बन्यो। यस्तै ११ औं मिनेटमा उत्तम गुरुङले प्रहार गरेको बल क्रसबार चुम्दै बाहिरियो।
सुमन लामाले २३ औं मिनेटमा हानेको बल पोलमा लाग्दै फर्कियो। संकटा प्रशिक्षक विजय महर्जनले पनि त्यसैलाई दुर्भाग्य माने। पछिल्ला १ घन्टा भने झापा प्रभावशाली देखियो। कर्ण लिम्बूले पि|mकिकमा प्रहार गरेको बल ३० औं मिनेटमा संकटा किपर राजु योगीको हात हुँदै क्रसबारमा लागेर फर्केको थियो। त्यो रिबाउन्ड बललाई सिक्स यार्ड बक्समै अनमार्क रहेका दिलेन लोक्तानले पोस्टको दिशा दिन सकेनन्।
करिब २५ यार्डबाट ३५ वर्षे मिडफिल्डर नरेनले प्रहार गरेको बल संकटाका सुरजको टाउकोमा डिफ्लेक्ट हुँदै आकर्षक गोलमा परिणत भयो र झापा ४३ औं मिनेटमा १-० ले अघि बढ्यो। झापाका विशाल राईलाई तानेपछि सुरजले दोस्रो पहेंलो कार्ड बेहोर्दै ५३ औं मिनेटमा मैदान छाडेपछि संकटा संकटमा पर्‍यो। अन्तिम २५ मिनेट झापा निकै आक्रामक बन्यो। लगातार गोलका अवसर सिर्जना गर्‍यो।
संकटाका डिफेन्डर बादल घिसिङले योगेश गुरुङलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि प्राप्त पेनाल्टीमा सहज गोल गर्दै कर्णले ७४ औं मिनेटमा झापाको अग्रता दोब्बर पारे। यससँगै उनी प्रतियोगिताकै सर्वाधिक (३) गोलकर्ता बने। सब्स्िटच्युटद्वय विकासले ८६ र बुद्धले ८८ औं मिनेटमा गोल गरे। दुवै गोल आकर्षक थिए। 'पहिलो हाफमा खेलाडी थाकेजस्तो देखियो,' झापाका प्रशिक्षक भगीरथ आलेले भने, 'दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि गोल भए।'
उनले थपे, 'यो सफलताले झापामा पनि खेलाडी छन् भन्ने देखियो। यसले नयाँ खेलाडीको आत्मबल बढ्ने र लगनशील बनाउनेछ।'
उत्कृष्टहरू
गोलकिपरः    दिनेश थापामगर, झापा
डिफेन्डरः    देवेन्द्र तामाङ, झापा
मिडफिल्डरः    वर्षात गुरुङ, संकटा
फरवार्डः    विशाल राई, झापा
प्रशिक्षकः    भगीरथ आले, झापा
सर्वोत्कृष्ट खेलाडीः    सुमन लामा, संकटा

Ą
https://www.flickr.com/photos/spklg/15211044551/