Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दुर्गममा सुरु भो ‘ब्रान्चलेस बैंक’ सेवा

पुस ११, २०७२- यहाँको दुर्गम गाउँहरुमा शुक्रबारबाट ‘ब्रान्चलेस बैंक’ (शाखा रहित बैंक) सेवा सुरु भएको छ । जिल्लाको पूर्वी क्षेत्र इलाका नम्बर १ को खानीभन्ज्याङमा शुक्रबार औपचारिक उद्घाटन गरि सेवा सुरु गरिएको हो ।

प्रमूख जिल्ला अधिकारी यादव सुवेदीले ‘ब्रान्चलेस बैंक’ सेवाको उद्घाटन गरेका थिए । सदरमुकामदेखि दुईदिन लामो दुरीका ग्रामीण भेगमा राष्ट्रिय वाणिज्य बैंकले ‘ब्रान्चलेस बैंक’ सेवा सुरु गरेको हो ।


खानीभन्ज्याङसँगै च्यानम, फुलबारी, रुम्जाटार, खिजीफलाँटे, रामपुर, रावादोलु र गाम्नाङटार गरि आठ स्थानमा ‘ब्रान्चलेस बैंक’ सेवा सुरु भएको छ ।

त्यसमध्ये गाम्नाङटार र रावादोलु रामेछापको मन्थली शाखा मातहत रहने र अन्य छ स्थानको सेवा केन्द्रलाई ओखलढुंगा शाखाको नियन्त्रणमा सञ्चालन गरिने राष्ट्रिय वाणिज्य बैंक शाखा ओखलढुंगाका प्रबन्धक सुमन आचार्यले बताए ।

 
के हो ब्रान्चलेस सेवा ?
एउटा पज (पोइन्ट अफ सेल) नामक मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि गरिने बैंकिङ कारोबारलाई ब्रान्चलेस बैंकिङ सेवा भनिन्छ । यसका लागि सेवाग्राहीले एटिएम कार्ड लिनु अनिवार्य मानिन्छ ।

निक्षेप र बचतका लागि दैनिक एकजनाले ७५ हजारसम्मको कारोबार गर्न सकिने व्यवस्था रहेको राबा बैंक शाखा ओखलढुंगाका प्रबन्धक सुमन आचार्यले बताए ।
उक्त सेवाबाट पेन्सन लिन, तलब थाप्न, सामाजिक सुरक्षा भत्ता लिन, खाता खोल्ने लगायतका कामका लागि सदरमुकाम सम्म जानुपर्ने झन्झटिलो समस्याबाट मुक्ति पाइने जनाइएको छ । पेन्सन लिन जानकै लागि हजारौँ रकम र दुई दिनसम्म समय लाग्ने समस्या भोग्दै आएका दियाले २ का पूर्व सेना भक्तबहादुर थापाले खुशी व्यक्त गरे । ‘मर्नेबेला हिँड्न पनि गाह्रो थियो,’ थापाले भने, ‘गाउँमै पेन्सन थाप्न पाउँदा साह्रै खुशी छु ।’
राष्ट्रिय वाणिज्य बैंकले ‘ब्रान्चलेस बैंक’ सेवा विभिन्न जिल्लाको ४३ स्थानमा सञ्चालन गरिसकेका छन् । यो संख्या अन्य निजी बैंकहरुले प्रदान गरेको तुलनामा सबैभन्दा बढी संख्या हुन आउँछ ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/