Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

सबस्टेशनमा आगलागी, करोडौंको क्षति

पुस ११, २०७२- लहान नगरपालिका-१ स्थित नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा आगलागी भएको छ । आगलागीबाट करोडौंको क्षति भइसक्दापनि अझै आगो नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
लहान नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको छ भने नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी पनि आगो नियन्त्रणमा लिन प्रयत्नरत छ ।
 
उक्त सबस्टेशनका कर्मचारी प्रदीप गोइतले भीषण आगलागी भएकोले आगलागी नियन्त्रण बाहिर रहेको जानकारी दिए । उनले राजविराज नगरपालिकाबाट समेत बारुण यन्त्र ल्याउने प्रयत्न भइरहेको बताए । उनले आगलागी कसरी भयो भन्ने बारेमा केही खुल्न नसकेका तर विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताए ।
As published in eKantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/