Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मोदीको पशुपति दर्शनले भारतीय संसदमा हंगामा

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण क्रममा पशुपतिनाथको दर्शन तथा पूजाअर्चना गरेको विषयमा मंगलबार भारतको तल्लो सदन लोकसभामा हंगामा भएको छ।
मोदीको पशुपतिनाथ दर्शनलाई लिएर सांसदहरुबीच चर्काचर्की भएपछि बैठक स्थगित गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
लोकसभामा तृणमूल कांग्रेसका सांसद सुदीप बंदोप्पाध्यायले मोदीले नेपाल भ्रमणमा पशुपतिनाथ दर्शन र पूजाअर्चना गरेको विषय उठाएको नवभारत टाइम्स अनलाइन संस्करणमा लेखिएको छ। बंदोप्पाध्यायले गत साता प्रधानमन्त्री मोदीले इदका अवसरमा शुभकामना नदिएकोमा पनि आपत्ति जनाएका थिए।
बंदोप्पाध्यायले मोदीको पशुपतिनाथ दर्शनको कुरा उठाएपछि लोकसभा बैठकमा भारतीय जनता पार्टीका सभासदले प्रतिवाद गरेका थिए। 'प्रधानमन्त्रीले नेपालको एक मन्दिरको पूजा गर्नुभयो। हामी यसको प्रशंसा गर्छौं। तर उहाँले इदको अवसरमा शुभकामना पनि दिनुपर्थ्यो,' बंदोप्पाध्यायले बैठकमा भने।
बैठकमा होहल्ला बढेपछि भारतीय संसदीय मामला मन्त्री बेंकैया नायडुले जवाफ दिएका थिए। 'हामी सबै धर्म समान हुन् भन्नेमा विश्वास गर्छौं। प्रधानमन्त्रीज्यूले इदको अवसरमा बधाई तथा शुभकामना दिनुभएको थियो,' नायडुले भने। उनको जवाफप्रति कांग्रेस सांसद सन्तुष्ट भएनन्। त्यसपछि कांग्रेस सांसद अधीर रंजन चौधरीले बोल्न सभामुखसँग समय मागेका थिए। उनलाई समय नदिइएपछि विपक्षी सांसदले रोस्ट्रम घेरेका थिए।
विपक्षीले रोस्ट्रम घेरेपछि सभामुख सुमित्रा महाजनले १२ः३० बजेसम्मका लागि बैठक स्थगित गरेकी थिइन्। साढे १२ बजे बैठक पुनः सुरु भएपछि चौधरीलाई बोल्ने समय दिइयो, तर उनले बोलेका केही कुरालाई सभामुखले निजी टिप्पणी भन्दै बोल्न रोकेकी थिइन्। विपक्ष बेन्चमा रहेका कांग्रेस र समाजवादी पार्टीका सांसदले फेरि विरोध गरेपछि लोकसभा बैठक चल्न सकेन।
त्यसपछि सभामुखले बैठक स्थगित गरेको घोषणा गरेकी थिइन्।
- See more at: http://www.nagariknews.com/world/story/22499.html#sthash.9G3YmNjd.dpuf
Ą
https://www.flickr.com/photos/spklg/15211044551/