Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

स्कटल्याण्डको जनमतसंग्रह र यसको प्रभाव

त्रिपन्न लाख स्कटल्याण्ड बासीले संयुक्त अधिराज्यबाट स्वतन्त्र हुनेकी ३०७ वर्षदेखी जस्तै संगै बसि रहने बारे जनमत संग्रहको अभ्यास गरे । सन् १९२१ मा दक्षिणी आयरल्याण्ड छुट्टिय पछिको यो प्रकृया स्कटल्याण्ड,
इंग्ल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डसमेत मिली बनेको संयुक्त अधिराज्य टुक्रिने सम्भावना देखिएको हो । यो जनमतमा भारी मतले नछुट्टिने मत व्यक्त भएपनि स्कटीस जनतामा “स्वतन्त्रता” को चस्का लागी सकेको प्रतित हुन्छ ।
स्कटल्याण्ड संयुक्त अधिराज्यबाट छुट्टिएमा यसले प्रायसः बहुपक्षीय नकारात्मक असर पार्न सक्ने भएकाले इंग्ल्याण्डवासी र सत्तामा हाली मुहाली गरी रहेका व्यक्तिलगायत, राजपरिवार र व्यापारी अहिले साम, दाम, दण्ड, भेदको नीति अवलम्वन गरी स्कटल्याण्डलाई स्वतन्त्र हुनबाट रोक्ने सम्भावना बनेको हो । स्वतन्त्र हुनबाट रोक्ने थप कारणहरु मध्ये रानी इलीजावेथको दुई तिहाई अचल सम्पत्ती स्कटल्याण्डमा छ र यो राज्य संयुक्त अधिराज्यको एक तिहाई भूभाग ओगटेको छ । साथै तेलको भण्डार पनि यहि अवस्थित छ ।
अलग्गीने प्रकृयाले संयुक्त अधिराज्यलाई त असर पार्ने नै थियो तर यसको मनोवैज्ञानिक असर सम्पुर्ण युरोप लगायत अन्य मुलुकलाईसमेत पर्ने थियो । स्कटल्याण्ड छुट्टिएको भए यसको असर युरोपका अन्य देशहरु जस्तै स्पेनलाई पनि पर्न सक्थ्यो त्यहाँ वास्कहरु छुट्टै भुभागको लागि दशकौंदेखि लडिरहेका छन् ।
यसरी संसारभरीका छुट्टि चाहने पृथकतावादी कर्ताधर्तालाई उनीहरुको कृयाशिलतामा थप उर्जा दिने सम्भावना बढेर जाने देखिएको थियो । यसरी आफ्नो राजनीति र आर्थीक स्वार्थका लागि संसारभरी देश विखण्डन गर्दै आएको संयुक्त अधिराज्यले आफैँ यो नीयती भोग्न वाद्य हुने सम्भावना अहिलेलाई टरेको छ ।
दोश्रो विश्वयुद्धपछि हालसम्म ३० वटा जति देशहरुमा टुक्रिने समस्या घटिसकेको छ । सिंगापुर मलायसंग मिली “मलेशीया” नामाकरण गरी फेरी मले जातिबाट १९६५ मा जवरजस्ती पृथक गराइएको घटना यस्तो एक उदाहरण हो जसमा सानो राज्य ठूलो राष्ट्रबाट छुट्टिन नचाहँदा नचाहँदै पार्लियामेण्टको निर्णयबाट जवरजस्ती निक्लिएर नयाँ राष्ट्रžको उदय भएको थियो ।
हालै यू.एस.एस.आरबाट १९९० तिर अलग्गीएर बनेको नयाँ देश युक्रेनबाट जनमत संग्रहद्वारा युक्रेनकै भूभाग कृमिया छुट्टिएर रसीयन फेडेरेशनमा समाहित भएको घट्नाक्रम हामी बिच ताजै छ ।
१९४७ मा भारतबाट पाकिस्तान छुट्याईए पश्चात काश्मिर अगाडी तीन विकल्प थिए, अलग्गै देश बन्ने, भारत वा पाकिस्तानसंग समाहित हुने । ती विकल्पहरुको कार्यान्वयन ६ दशक पछि सम्म पनि भएको छैन र काश्मीर बारे भारत र पाकिस्तानले ती ठूला युद्ध लडिसकेका छन् ।
यसरी संयुक्त अधिराज्यबाट स्कटल्याण्ड छुट्टिएमा त्यसको मनोवैज्ञानिक र भावनात्मक असर नेपाल लगायत संसारभरी पर्ने सुनिश्चित थियो । स्कटल्याण्डरहित संयुक्त अधिराज्यकोे आर्थिक मन्दीे र राजनैतिक शक्ति सन्तुलनमा समेत धक्का पुग्ने निश्चित थियो ।
नेपालमा पनि कहिले लिम्बुवान, किरातदेखी तराईबाट मधेश अलग्ग बनाउने बारे कुरा उठ्ने गरेको छ । हालै यसै सन्दर्भमा एकजना मधेशवासी पढेलेखेका व्यक्तिले मधेश छुट्याउने बारे हर्कत गरिरहेको सन्दर्भमा राष्ट्र विखण्डनको मुद्दामा जेल परिरहेको अवस्था छ ।
नेपालमा तराई नेताहरुबाट पटक पटक उठाइएको “एक मधेश एक प्रदेशको” नारालाई पनि समग्र देशले गहिरो चिन्तन र मनन गरी यथोचीत निर्णय लिन जरुरी छ । तराईवासी माझ भएका र उनीहरुले भोग्नु परेका खास समस्या के हुन् र राजनीतिले प्रेरित समस्या के हुन् निक्र्यौल गरिनु पर्यो । विगतमा मधेशबाट पहाडीया लखेटीय, तर पहाडबाट तराईवासी लखेटिएका घटना कमै सुनिन्छ । जहाँसम्म “सम्मान” नपाई हेपीनुको पिडा तराई वासीले भोग्नु परेको भन्ने अवस्था छ सो तराई – तराई विचमा र पहाडी–पहाडी बिचमा झन् चर्को रुपमा सिमान्तकृत समुदायहरुले भोग्दै आएको तथ्यलाई नकार्न मिल्दैन ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/