Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

विमल उदयमान तारा:फिफा


काठमाडौं- फिफाले नेपाली फुटबलर बिमल घर्तीमगरलाई उदयमान तारा भएको बताएको छ। फिफाको अनलाइनमा बिमललाई नेपालको अग्रपंक्तिका उदायमान स्ट्राइकरका रुपमा परिभाषित गरिएको छ।
अनलाइनमा भनिएको छ, 'एएफसी यु–१६ च्याम्पियनसिपमा सहभागी १६ राष्ट्रले आफनो पहिचान गर्न प्रतिस्पर्धा गरिरहेका थिए, तर बिमल प्रतियोगिता अघि नै स्टार भैसकेका थिए।' एक पछि अर्को सफलता हासिल गदै गएका बिमलको चर्चा थप चुलियो जब उनी युरोपको क्लबमा अनुबन्धित भए। नेदरल्यान्डमा ट्रायल दिएर फर्किएपछि बिमल बेल्जियमको एन्डरलेक क्लबमा १ महिना अभ्यास तथा ट्रायलका लागि गएका थिए। एन्डरलेकले उनको क्षमतालाई हेरेर एक वर्षको लागि अनुबन्धित गरेको छ। थाइल्यान्डबाट भर्खरै यु–१६ च्याम्पियनसिप खेलेर फर्किएका बिमल अहिले गृह जिल्ला नवलपरासीमा छन्। मंगलबार फिफाको अनलाइनमा समाचार आएपछि बिमलले भने, ' खुसी लागेको छ। मैले फिफाको अनलाइनमा मेरो समाचार आउँछ भनेर सोचेको पनि थिइन। मेरो लक्ष्य युपेपियन क्लबमा आफनो स्थान बनाउनु हो। यसले मलाई थप उर्जा दिएको छ।'
Ą
https://www.flickr.com/photos/spklg/15211044551/