Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label april 29 quake. Show all posts
Showing posts with label april 29 quake. Show all posts

निर्माण सामग्रीको मूल्य बढाए कारबाही

काठमाडौं- भूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्दा ठूलो मात्रामा आवश्यक पर्ने निर्माण सामग्रीमा कालोबजारी हुन नदिन सरकारले कडाइ गर्ने भएको छ। निर्माणमा सबभन्दा धेरै प्रयोग हुने इँटा, रड र सिमेन्टमा जथाभावी मूल्य लिन नदिन सरकारले अनुगमनसमेत गर्ने योजना बनाएको छ।
उद्योग मन्त्रालयले इँटा, रड र सिमेन्ट व्यवसायीलाई जथाभावी नगर्न पत्राचार गरिसकेको छ। 'हामीले यी व्यवसायीलाई सर्कुलेसन गरिसकेका छौं,' उद्योग मन्त्री महेश बस्नेतले भने, 'कसैले अनियमिता गरेको पाइए कारबाही गरिनेछ।' विपदको बेला अनियमिता नहोस् भनेर मन्त्रालयले अनुगमनको तयारी गरेको उनले बताए।

दोलखा फेरि तहसनहस

दोलखा, वैशाख २९ - सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पले दोलखामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । घाइतेको संख्या एकीन भएको छैन । अबेरसम्म ८६ जनाको उद्धार गरेर उपचारका लागि राजधानी पठाइएको प्रहरीले जनाएको छ ।
वैशाख १२ र १३ गतेका भूकम्पले जिल्लाका ५७ हजारमध्ये ५० हजार घरमा क्षति पुर्‍याएका थिए । त्यतिबेला बचेका अधिकांश घर यस पटक ढलेका छन् । विद्यालय, स्वास्थ्य केन्द्रहरुमा पनि क्षति पुगेको छ ।
मंगलबारको भूकम्पले सदरमुकाम चरिकोटमा धेरै जनधनको क्षति भएको छ । होटल संगमको दुई वटा भवन, नेपाल बैक र अरनिको डेभलेपमेन्ट बैक बसेका भवनहरु पूर्ण रुपमा क्षति भएका छन् ।
पाँच तल्ले होटल प्याराडाईज ढल्दा कम्तीमा ५ जना पुरिएको अनुमान छ । उद्धार टोलीले उक्त भवनबाट दुईटा शव निकालेको छ ।  अरनिको डेभलपमेन्ट बैकमा थिचिएका चारमध्ये अनिल कार्की, निमडोमा शेर्पासहित तीन जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो । तीमध्ये शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ । बैक मेनेजर उमेश अधिकारी बेपत्ता छन् ।
सदरमुकामकै मदरल्याण्ड, युनाइटेड, च्छोरोल्पा, इमेज, किङस होटल, चिलंखा होटलका भवन पनि ढल्ने अवस्थामा पुगेका छन् ।  सातदोबोटोबाट चरिघ्याङतर्फका होटलहरुमा सबैभन्दा बढी क्षति पुगेको हो । बजारका ११ वटा निजी पक्की भवन पनि ढल्ने अवस्थामा छन् । चरिकोट बिच बजार र नयाँ बसपार्कबाट जिरी रोडपट्टि सडक चिरिएका छन् । ठाउँ ठाउँमा पहिरो गएकाले राजधानीबाट दोलखा आउने सडक अबरुद्ध छ ।
अरनिको डेभलभमेन्ट बैक रहेको भवन यसअघिको भूकम्पले चर्किएपछि सरकारी प्राविधिक टोलीले बस्न योग्य नभएको भन्दै सचेत गराएका थियो ।  

भुकम्प आएका बेला गुडिरहेका दुई पाङग्रे साधन सडकमै ढलेका थिए । ठूला भवन भत्किएपछि बजार कुहिरिमण्डल देखिन्थ्यो । सर्वसाधरणबीच रुवाबासी चलेको थियो । व्यापारीहरु पसल खुल्लै राखेर सुरक्षित स्थानको खोजीमा लागेका थिए ।
बारम्बार दोलखा केन्द्र रहेर भुकम्प जान थालेपछि सदरमुकाम र आसपास गाबिसका सर्वसाधरण मंगलबार घर बाहिर पाल टाँगेर बसेका छन् । सेनाको बर्दबहादुर गणले सदरमुकामको ११ स्थानमा त्रिपाल टागिदिएको छ ।
मृतकहरु :–
रुकु थापा भिनपा १०
पुस्कर थामी सुस्पा क्षमावती ३
बुढीनी पाठक सुनखानी ३
राममाइ तामाङ लामाबगर ५
निमदोर्जे तामाङ लामाबगर ५
धनबहादुर खत्री भिनपा ४
रोजन बस्नेत भिनपा ९
लक्ष्मी श्रेष्ठ वरोङ ७
सन्तमाया थामी फस्कु ३
धनकुमारी बुढाथोकी फस्कु ४
निरुता मोक्तान फस्कु ८
जेनिसा खड्का काटाकुटी २
नविन राउत भिनपा १
पेमाडोमा शेर्पा लाकुरी डाडा
मित्रप्रसाद चौलागाई भिनपा ५
रुपा तामाङ भिनपा ४
सृजना थापा भिनपा ९
मैते विक भिनपा ४
जमुना तामाङ भेडपु ५
पूणि तामाङ गैरीमुदी
मनमाया तामाङ भिनपा १०
आयुष कार्की झुले ५
टंक श्रेष्ठ भुसााफेदा ६
पूर्णिमाया चौलागाई भिनपा ५
माधव भुषाल कैलाली फुलबारी
सिजन गुरुङ
बिष्णुमाया श्रेष्ठ लामिडाडा ५
सुर्दा काफले जफे ५
निरुता कार्की जफे ८
सशीदेवी पर्खिन सुरी ७
सिंगटीमा ३ जना नाम नखुलेको
स्रोत: नेपाली सेना/प्रहरी  
बर्दबहादुर गण र जिल्ला प्रहरी कार्यालय  

प्रकाशित मिति: २०७२ वैशाख २९ ०५:११ 

मंगलबारको भूकम्पमा ६१ को मृत्यु

काठमाडौ, वैशाख २९ - मंगलबारको भूकम्पमा परी ११ जिल्लाका ६१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या दोखलामा सबैभन्दा बढी छ । दोखलामा ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मंगलबार दिउँसो १२:५० बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो । बैशाख १२ गते महाभूकम्प गएपछि भएको एक सय बढी पराकम्पनपछि अर्को शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पमा परी देशभर ११ सय बढी घाइते भएको प्रहरीले जनाएको छ ।
यसअघि बैशाख १२ गते आएको भूकम्पमा मर्नेको संख्या ८ हजार नाघिसकेको छ ।
जिल्ला र मृतक संख्या
दोलखा ३४
सिन्धुपाल्चोक ११
काठमाडौ ४
रामेछाप ४
सिन्धुली २
ललितपुर १
धनुषा १
सर्लाही १
सुनसरी १
रौतहट १
गोरखा १

प्रकाशित मिति: २०७२ वैशाख २९ १०:४८
Ą
https://www.flickr.com/photos/spklg/15211044551/