Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

दोलखा फेरि तहसनहस

दोलखा, वैशाख २९ - सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको शक्तिशाली भूकम्पले दोलखामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । घाइतेको संख्या एकीन भएको छैन । अबेरसम्म ८६ जनाको उद्धार गरेर उपचारका लागि राजधानी पठाइएको प्रहरीले जनाएको छ ।
वैशाख १२ र १३ गतेका भूकम्पले जिल्लाका ५७ हजारमध्ये ५० हजार घरमा क्षति पुर्‍याएका थिए । त्यतिबेला बचेका अधिकांश घर यस पटक ढलेका छन् । विद्यालय, स्वास्थ्य केन्द्रहरुमा पनि क्षति पुगेको छ ।
मंगलबारको भूकम्पले सदरमुकाम चरिकोटमा धेरै जनधनको क्षति भएको छ । होटल संगमको दुई वटा भवन, नेपाल बैक र अरनिको डेभलेपमेन्ट बैक बसेका भवनहरु पूर्ण रुपमा क्षति भएका छन् ।
पाँच तल्ले होटल प्याराडाईज ढल्दा कम्तीमा ५ जना पुरिएको अनुमान छ । उद्धार टोलीले उक्त भवनबाट दुईटा शव निकालेको छ ।  अरनिको डेभलपमेन्ट बैकमा थिचिएका चारमध्ये अनिल कार्की, निमडोमा शेर्पासहित तीन जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो । तीमध्ये शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ । बैक मेनेजर उमेश अधिकारी बेपत्ता छन् ।
सदरमुकामकै मदरल्याण्ड, युनाइटेड, च्छोरोल्पा, इमेज, किङस होटल, चिलंखा होटलका भवन पनि ढल्ने अवस्थामा पुगेका छन् ।  सातदोबोटोबाट चरिघ्याङतर्फका होटलहरुमा सबैभन्दा बढी क्षति पुगेको हो । बजारका ११ वटा निजी पक्की भवन पनि ढल्ने अवस्थामा छन् । चरिकोट बिच बजार र नयाँ बसपार्कबाट जिरी रोडपट्टि सडक चिरिएका छन् । ठाउँ ठाउँमा पहिरो गएकाले राजधानीबाट दोलखा आउने सडक अबरुद्ध छ ।
अरनिको डेभलभमेन्ट बैक रहेको भवन यसअघिको भूकम्पले चर्किएपछि सरकारी प्राविधिक टोलीले बस्न योग्य नभएको भन्दै सचेत गराएका थियो ।  

भुकम्प आएका बेला गुडिरहेका दुई पाङग्रे साधन सडकमै ढलेका थिए । ठूला भवन भत्किएपछि बजार कुहिरिमण्डल देखिन्थ्यो । सर्वसाधरणबीच रुवाबासी चलेको थियो । व्यापारीहरु पसल खुल्लै राखेर सुरक्षित स्थानको खोजीमा लागेका थिए ।
बारम्बार दोलखा केन्द्र रहेर भुकम्प जान थालेपछि सदरमुकाम र आसपास गाबिसका सर्वसाधरण मंगलबार घर बाहिर पाल टाँगेर बसेका छन् । सेनाको बर्दबहादुर गणले सदरमुकामको ११ स्थानमा त्रिपाल टागिदिएको छ ।
मृतकहरु :–
रुकु थापा भिनपा १०
पुस्कर थामी सुस्पा क्षमावती ३
बुढीनी पाठक सुनखानी ३
राममाइ तामाङ लामाबगर ५
निमदोर्जे तामाङ लामाबगर ५
धनबहादुर खत्री भिनपा ४
रोजन बस्नेत भिनपा ९
लक्ष्मी श्रेष्ठ वरोङ ७
सन्तमाया थामी फस्कु ३
धनकुमारी बुढाथोकी फस्कु ४
निरुता मोक्तान फस्कु ८
जेनिसा खड्का काटाकुटी २
नविन राउत भिनपा १
पेमाडोमा शेर्पा लाकुरी डाडा
मित्रप्रसाद चौलागाई भिनपा ५
रुपा तामाङ भिनपा ४
सृजना थापा भिनपा ९
मैते विक भिनपा ४
जमुना तामाङ भेडपु ५
पूणि तामाङ गैरीमुदी
मनमाया तामाङ भिनपा १०
आयुष कार्की झुले ५
टंक श्रेष्ठ भुसााफेदा ६
पूर्णिमाया चौलागाई भिनपा ५
माधव भुषाल कैलाली फुलबारी
सिजन गुरुङ
बिष्णुमाया श्रेष्ठ लामिडाडा ५
सुर्दा काफले जफे ५
निरुता कार्की जफे ८
सशीदेवी पर्खिन सुरी ७
सिंगटीमा ३ जना नाम नखुलेको
स्रोत: नेपाली सेना/प्रहरी  
बर्दबहादुर गण र जिल्ला प्रहरी कार्यालय  

प्रकाशित मिति: २०७२ वैशाख २९ ०५:११ 
Ą
https://www.flickr.com/photos/spklg/15211044551/