Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

मंगलबारको भूकम्पमा ६१ को मृत्यु

काठमाडौ, वैशाख २९ - मंगलबारको भूकम्पमा परी ११ जिल्लाका ६१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या दोखलामा सबैभन्दा बढी छ । दोखलामा ३४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
मंगलबार दिउँसो १२:५० बजे सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो । बैशाख १२ गते महाभूकम्प गएपछि भएको एक सय बढी पराकम्पनपछि अर्को शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पमा परी देशभर ११ सय बढी घाइते भएको प्रहरीले जनाएको छ ।
यसअघि बैशाख १२ गते आएको भूकम्पमा मर्नेको संख्या ८ हजार नाघिसकेको छ ।
जिल्ला र मृतक संख्या
दोलखा ३४
सिन्धुपाल्चोक ११
काठमाडौ ४
रामेछाप ४
सिन्धुली २
ललितपुर १
धनुषा १
सर्लाही १
सुनसरी १
रौतहट १
गोरखा १

प्रकाशित मिति: २०७२ वैशाख २९ १०:४८
Ą
https://www.flickr.com/photos/spklg/15211044551/