Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

फेरि शक्तिशाली भूकम्प

नेपालमा मंगलबार दिउँसो गएको अर्को शक्तिशाली भुइँचालोमा परी कम्तीमा ४० जनाको ज्यान गएको तथा सैयौं घाइते भएको अधिकारीहरुले जनाएका छन्।।
उक्त संख्या अरु बढ्न सक्ने आशंका गरिएको छ।
बीबीसीसंग कुरा गर्दै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले कम्तीमा छ जनाको मृत्यु तथा एकसयभन्दा बढी घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको बताए।
त्यस्तै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले उपत्यकामा कम्तीमा ५ जनाको मृ्त्यु तथा साढे तीनसय जति घाइते भएको बताए।

पराकम्पन

गत बैशाख १२ गते गएको विध्वंशक भूकम्पपछि पटक पटक पराकम्पन हरु आइरहेका छन्।
तर मंगलबारको भूकम्प त्यसयताको सबैभन्दा ठूलो भएको बताइएको छ।
चौतारामा थप चारजनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।
दोलखामा पनि कैयौ हताहति भएको बताइएको छ।

उपचार

घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ।
पछिल्लो भूकम्पबाट भएको क्षतिको विवरण संकलन भैरहेको गृहमन्त्रालयका एकजना अधिकारीले बताए।
भूकम्प पछि आएको पहिरोले कैयौं सडकहरु अवरुद्ध गरीदिएको जनाइएको छ।
यसबाट राहत वितरण कार्यमा कठिनाइ पुग्ने अधिकारीहरुले जनाएका छन्।
मंगलबारको ७.३ रेक्टर स्केलको भूकम्पपछि भयभीत मानिसहरु घरबाहिर दौडिएका थिए।

त्रास

पटक पटक आइरहेका पराकम्पनहरुका कारण मानिसहरुमा निकै त्रास फैलिएको छ।
भूकम्पविद्हरुले भत्किएका वा चर्किएका घरहरुमा नबस्न तथा सावधान रहन सुझाव दिएका छन्।
गत बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पबाट कम्तीमा आठ हजार जनाको ज्यान गैसकेको छ भने हजारौं घाइते भएका छन्।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/