Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label fine for price hike. Show all posts
Showing posts with label fine for price hike. Show all posts

'ब्रान्डको नक्कली स्टिकर प्रयोग गरेर ठगी'

दरबारमार्ग अनुगमन प्रकरण



भाद्र २८, २०७४-आपूर्तिमन्त्री शिवकुमार मण्डलले लत्ताकपडामा ब्रान्डका नक्कली स्टिकर राखेर उपभोक्ता ठगी भएको बताएका छन् । उनले दरबारमार्गका व्यवसायीलाई अंकित गर्दै नक्कली ट्याग झुन्डाएर ठगी गरेको बताए । 

‘अनुगमन टोलीले प्रमाणको आधारमा दरबारमार्ग क्षेत्रमा अनुगमन गरेको थियो । लत्ताकपडालगायत अन्य वस्तुमा एउटा देशको ब्रान्डमा अर्को देशको ट्याग लगाएर बिक्री भएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चको १२ औं स्थापना दिवस एवं १२ औं साधारणसभा उद्घाटन गर्दै आपूर्तिमन्त्री मण्डलले भने, ‘कैफियत भेटिएका स्टोरमा सिलबन्दी भएको छ । प्रमाणको आधारमा कारबाही गर्छौं ।’  व्यवसायीलाई न्यून बीजकीकरणको बहानामा छुट नदिइने उनले प्रस्ट पारे ।
‘भन्सारबाटै न्यून बीजकीकरण भयो भनेर उम्किन पाइँदैन । राजस्वले ठग्यो भनेर उपभोक्ताबाट बढी असुल्न मिल्दैन,’ उनले भने । 
विभाग र मन्त्रालयले गरेको अनुगमन मौसमी नभएको उनले दाबी गरे । अनुगमनका क्रममा कर्मचारीले बद्मासी गरेको भेटिए उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याइने उनले बताए । ‘खाद्य वस्तुको पनि विशेष अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘जनता ठग्न दिँदैनौं । अनुगमन निरन्तर हुन्छ ।’ मन्त्रालयका सहसचिव मुकुन्द पौड्यालले अनुगमनले व्यवसायीहरू निरुत्साहित नहुने दाबी गरे । ‘स्वच्छ र उपभोक्तामैत्री व्यापार गर्न चाहने व्यवसायीहरू खुसी छन्,’ उनले भने । 
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले  निहित स्वार्थका लागि गुनासो र उजुरी आउने क्रम बढेको बताए । यसमा सबै सचेत हुुनपर्ने बताए । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले कर्मचारी अभावले गर्दा केही अनुगमन तीव्र हुन नसकेको बताए । 
‘१० जना कर्मचारीले अनुगमन र मुद्दा दायर गर्नुपर्छ,’ उनले भने, ‘कर्मचारी अभाव हुँदा प्रभावकारी देखिएन ।’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजार स्वच्छ बनाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन उपभोक्ता अदालतको गठन गर्नुपर्ने बताए । उनले उपभोक्तावादी संस्थालाई सरकारले नियन्त्रण गर्नुपर्ने बताए । ‘मन्त्रालयको वरिपरि घुम्ने, आफ्नो लाभको काम मात्रै गर्दा संस्थाहरूको बद्नामी भयो,’ उनले भने । 

News source: ekantipur

दोब्बर मूल्‍य असुल्‍ने दरबारमार्गका चार स्टोरमा सिलबन्दी



काठमाडौं: खरिद मूल्यमा उच्च मुनाफा जोडेर उपभोक्ताबाट झन्डै दोब्बर मूल्य असुल गरेको अभियोगमा आपूर्ति विभागले बुधबार दरबारमार्गस्थित अन्तर्राष्ट्रिय स्तरको प्रख्यात ब्राण्डका चारवटा सोरुममा सिलबन्दी गरेको छ। यसअघि गत सोमबार दरबारमार्गकै अन्तर्राष्ट्रिय ब्राण्डका आठवटा शोरुममा छापा मारी शोरुममा शिलवन्दी गरिएको थियो।
 आपूर्ति विभागमा महानिर्देशक कुमारप्रसाद दाहालकाअनुसार रिवुक ब्राण्डको जुत्ता, टिसर्ट र लिवाइज ब्राण्डको जिन्सको पाइन्ट बिक्री गर्ने दरबारमार्गको लेबल्स स्टोर प्रालि, बोसनी ब्राण्डको टिसर्ट बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालि, राडो ब्राण्डको घडी बिक्री गर्ने सुलक्स सेन्टर तथा अर्को घडी स्टोर वाच एण्ड सि भन्ने शोरुममा अनुगमन टोलीले शिलवन्दी गरेको हो।
'खरिद मूल्यभन्दा दुई दोब्बरभन्दा बढी मुनाफा राखेर लत्ताकपडा, जुत्ता र घडी बिक्री गरेकाले शिलवन्दी गरेका छौं,' दाहालले भने, 'सरकारले खरिद मूल्यमा २० प्रतिशत रकम थप गरेर मात्रै मुनाफा लिने व्यवस्था गरेको छ।तर व्यापारीले अन्तर्राष्ट्रिय ब्राण्डको नाममा अढाई दोब्बर मूल्य असुल गरेको पाइयो।'
विभागकाअनुसार भ्याटसहित पाँच हजार २५ रुपैयाँ खरिद मूल्य रहेको लिवाइज ब्राण्डको पाइन्टलाई लेबल्सले नौं हजार सात सय ९० रुपैयाँमा उपभोक्तालाई बिक्री गरेको अनुगमनको क्रममा भेटिएको हो। सोही शोरुमले बिक्री गर्ने भ्याटसहितको तीन हजार पाँच सय ७० रुपैयाँ खरिद मूल्य भएको लिवाइज पाइन्टलाई सात हजार ६ सय ९९ मा बिक्री गर्ने गरेको फेला पारिएको छ।
रिबुक ब्राण्डको जुत्ता र टिर्सटको कारोबार गर्ने लेबल्सले नै दसैं तिहारको अवसर ३० प्रतिशत छुटको नाममा एक हजार सात सय ५४ रुपैयाँ बिक्री मूल्य भएको रिबुक ब्राण्डको टिसर्टलाई ३० प्रतिशत छुट दिएर दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।
'तर शोरुम सञ्चालकले उक्त ब्राण्डको टिसर्टको बिक्री मूल्य तीन हजार सात सय ५० रुपैयाँ राखेर ३० प्रतिशत छुट भन्दै दुई हजार ६ सय ५० रुपैयाँमा बिक्री गरेको पाइयो,' महानिर्देशक दाहालले भने,‘उक्त शोरुमले नियमभन्दा बढी नाफा जोडेर उपभोक्ताबाट रकम असुल गरेको प्रस्ट हुन्छ।'
सोही शोरुमले १६ हजार चार सय ९० रुपैयाँ खरिद मूल्य भएको रिवुक क्रस फिट नाम गरेको जुत्ता सात हजार ६ सय १५ मा बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो। अनुगमन टोलीले उक्त शोरुमबाट रिबुक टिर्सट र सोही ब्राण्डको जुत्ताको नमूना लिएर शोरुममा शिलवन्दी गरेको छ।
अनुगमन टोलीले लाइन्स स्टाइल इन्टरप्राइजेजले नौं सय २५ रुपैयाँ खरिद मूल्य भएको बोसनी ब्राण्डको टिसर्टलाई एकहजार आठ सय ९९ मा र ३० प्रतिशत छुटको नाममा सोही टिसर्ट एक हजार तीन सय ३० मा बिक्री गरेको र खरिद मूल्य एक हजार ६ सय ४५ भएको सर्टलाई तीन हजार ६ सय ९९ मा बिक्री गरेको पनि फेला पारेको छ।
सोही शोरुमले सोही सर्टलाई वाइ वन गेट वान भन्ने स्कीमअन्तर्गत एक हजार आठ सय ९० मा बिक्री गरेको थियो । उक्त शोरुमले पनि उपभोक्तालाई ठगि गरेको भन्दै शिलवन्दी गरिएको छ।
विभागकाअनुसार खरिद मूल्यभन्दा झण्डै तेब्बर मूल्यमा राडो ब्राण्डको घडीसहित अन्य ब्राण्डका घडी बिक्री गरेको अभियोगमा दरबारमार्गकै सुलक्स सेन्टर र वाच एण्ड सि शोरुममा पनि शिलवन्दी गरिएको छ। यसैबीच विभागले सुरु गरेको अनुगमनको बिरोधमा दरबारमार्गका व्यापारीहरुले केही समय अवरोध सिर्जना गरेका थिए।
व्यापारीहरुले सामाग्रीको मूल्य आफुले तोकेर लिन पाउनुपर्ने माग राख्दै अवरोध गरेका थिए। थप सुरक्षाकर्मी परिचालन भएपछि सरकारी टोलीले अनुगमन गरेका थिए।
सोमबार आपूर्ति मन्त्री शिबकुमार मण्डलको नेतृत्वको अनुगमन टोलीले दरबारमार्गको स्टोर वन, बेण्टली, पुमा ब्राण्डको जुत्ता र लुगाफाटो बिक्री गर्ने प्लेटिनम ट्रेड कन्सर्न र नाइक ब्राण्डको जुत्ता र लुगाफाटो बिक्री गर्ने एभिन्यु मार्केटिङ्ग प्राइभेट लिमिटेड र सुवोध रिटेल प्राइभेट लिमिटेडको स्टोरमा शिलवन्दी गरेको थियो ।

निर्माण सामग्रीको मूल्य बढाए कारबाही

काठमाडौं- भूकम्पले भत्काएका संरचना पुनर्निर्माण गर्दा ठूलो मात्रामा आवश्यक पर्ने निर्माण सामग्रीमा कालोबजारी हुन नदिन सरकारले कडाइ गर्ने भएको छ। निर्माणमा सबभन्दा धेरै प्रयोग हुने इँटा, रड र सिमेन्टमा जथाभावी मूल्य लिन नदिन सरकारले अनुगमनसमेत गर्ने योजना बनाएको छ।
उद्योग मन्त्रालयले इँटा, रड र सिमेन्ट व्यवसायीलाई जथाभावी नगर्न पत्राचार गरिसकेको छ। 'हामीले यी व्यवसायीलाई सर्कुलेसन गरिसकेका छौं,' उद्योग मन्त्री महेश बस्नेतले भने, 'कसैले अनियमिता गरेको पाइए कारबाही गरिनेछ।' विपदको बेला अनियमिता नहोस् भनेर मन्त्रालयले अनुगमनको तयारी गरेको उनले बताए।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/