Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Jeetu Nepal. Show all posts
Showing posts with label Jeetu Nepal. Show all posts

वडा नम्बर ६ लाई पिजी

हास्य प्रधान चलचित्र ‘वडा नम्बर ६’ लाई जाँचपास समिति (सेन्सर बोर्ड) ले प्यारेन्ट्स गाईडेन्स (पिजी) सर्टिफिकेट दिएको छ । 
असोज १ गते शुक्रवारदेखि प्रदर्शन हुने यो चलचित्र हेर्न सिनेमा हल पुग्ने १६ वर्षभन्दा कम उमेरका दर्शकले अब अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउनेछन् । सेन्सर बोर्डले यो चलचित्रलाई सर्टिफिकेट प्रदान गरेको हो । 
दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/