Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

वडा नम्बर ६ लाई पिजी

हास्य प्रधान चलचित्र ‘वडा नम्बर ६’ लाई जाँचपास समिति (सेन्सर बोर्ड) ले प्यारेन्ट्स गाईडेन्स (पिजी) सर्टिफिकेट दिएको छ । 
असोज १ गते शुक्रवारदेखि प्रदर्शन हुने यो चलचित्र हेर्न सिनेमा हल पुग्ने १६ वर्षभन्दा कम उमेरका दर्शकले अब अभिभावकको साथमा मात्र यो चलचित्र हेर्न पाउनेछन् । सेन्सर बोर्डले यो चलचित्रलाई सर्टिफिकेट प्रदान गरेको हो । 
दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माद्वारा निर्मित यो चलचित्रको निर्देशन उज्वल घिमिरेले गरेका हुन् । चलचित्रमा दीपकराज गिरी, दयाहाङ राई, प्रियंका कार्की, जीतु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् ।
Ą
https://www.flickr.com/photos/spklg/15211044551/