मंसिर १६, २०७२- फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको आफ्नो ९९ प्रतिशत (४५ अर्ब डलर) सेयर दान दिने घोषणा गरेका छन् । जुकरबर्गले पत्नी प्रिसिला चानसँगै आफ्नो छोरी ‘म्याक्स’लाई यो संसारमा स्वागत गर्दै लेखेको पत्रमा उनले सो घोषणा गरेका हुन् ।
आफ्नो र फेसबुकको प्रमुख कार्यकारी अधिकृतको पेजमा पोष्ट गरिएको उक्त पत्रले ७ लाख ४७ हजार भन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ । उक्त पोष्टलाई सकिरादेखि आर्नोल्ड र मेलिन्डा गेट्स सम्मले लाइक गरेका छन् ।
समचार एजेन्सी रोयटर्सका अनुसार फेसबुक कम्पनीले यसबारे आफूहरुलाई जानकारी भएको केहीबेरमा समस्या समधान हुने जनाएको बताइएको छ।
नेपालमा पनि सबैभन्दा बढी हेरिने समाजिक सञ्जाल फेसबुक एक दिनका लागि बन्द हुनसक्ने बताइएको थियो। तर, फेसबुकले आफ्नो डाटा नीति, कुकिज पोलिसी र विभिन्न शर्तहरू अपडेट गर्ने भएकाले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई २४ घण्टाका लागि फेसबुक बन्द गर्न सुझाव दिइएको एजेन्सीहरूले जनाएका थिए।
२०१५ को सुरुवातसँगै फेसबुकले आफ्ना प्रयोगकर्तालाई नोटिफिकेसनमार्फत धेरै कुरा परिवर्तन हुने जानकारी दिएको थियो। यसैका आधारमा फेसबुक प्रयोगकर्ताले धेरै सुझावसमेत पठाइरहेका छन्। प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले आफ्नो डाटा/नीति र शर्तहरू अपडेट गर्दैछ। जसले प्रयोगकर्तालाई भने सहज हुने अनुमान गरिएको छ। तर, मार्क जुकरबर्गले फेसबुक बन्द गर्ने भन्नेबारे कुनै औपचारिक घोषणा गरेका छैनन्।






