Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

छोरी जन्मिएको खुसियालीमा जुकरबर्गद्वारा ४५ अर्ब दान गर्ने घोषणा

मंसिर १६, २०७२- फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको आफ्नो ९९ प्रतिशत (४५ अर्ब डलर) सेयर दान दिने घोषणा गरेका छन् । जुकरबर्गले पत्नी प्रिसिला चानसँगै आफ्नो छोरी ‘म्याक्स’लाई यो संसारमा स्वागत गर्दै लेखेको पत्रमा उनले सो घोषणा गरेका हुन् ।

आफ्नो र फेसबुकको प्रमुख कार्यकारी अधिकृतको पेजमा पोष्ट गरिएको उक्त पत्रले ७ लाख ४७ हजार भन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ । उक्त पोष्टलाई सकिरादेखि आर्नोल्ड र मेलिन्डा गेट्स सम्मले लाइक गरेका छन् ।
३१ वर्षिय जुकरबर्गले पत्नी चानका साथ नयाँ च्यारिटेबल संस्था ‘चान जुकरबर्ग इनिस्यिटिब’मार्फत उक्त रकमलाई समाजसेवामा लगाउने छन् । जुकरबर्गले सुरु गर्न लागेको यो काम विश्वमा नयाँ भने होइन । यद्यपी यति धेरै रकम दान दिने सबैभन्दा कान्छो व्यक्ति भने उनी नै हुन् ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/