Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

समलिंगी भएको आरोपमा छतबाट खसालेर हत्या

मंसिर १६, २०७२- आतंकवादी संगठन आइएसको पकड रहेको टर्कीको पाल्मरा सहरमा समलिंगी भएको आरोपमा दुई जना पुरुषको घरको छतबाट खसालेर हत्या गरिएको छ । आइएसका एक ‘न्यायाधीश’को आदेशमा उनीहरुलाई चार तलाको होटलबाट तल फालिएको हो ।
सार्वजनिक सुनुवाइजसरी सडकमा सुनाइएको फैसलापछि आइएसका न्यायाधीशले फैसलमा चित्त बुझे नबुझेको सोधेका थिए । ३२ वर्षिय हवस मल्लाहले आफूलाई टाउकोमा गोली हानियोस् भनि माग गरेका थिए । २१ वर्षिय मोहम्मद सालेमहले भने आफूले आइन्दा समलिंगी सम्बन्ध कायम नगर्ने भन्दै माफी दिन आग्रह गरेका थिए । इस्लामले समलिंगी सम्बन्धलाई मान्यता नदिएको भन्दै उनीहरुलाई आइएसले उनीहरुलाई कारबाही गरेको हो । उनीहरुलाई ढुंगा पनि हानिएको थियो ।
News from Kantipur
Ą
https://www.flickr.com/photos/spklg/15211044551/