Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Saugat Malla. Show all posts
Showing posts with label Saugat Malla. Show all posts
सौगात मल्ल – नाट्यकर्मी

मंसिर २७, २०७२ तपाईंको आदर्श महिला ? 
आमा । 
जीवनमा महत्व राख्ने महिला ? आमा र मेरो अभिनय रुचाउने दर्शकहरु .
तपाईंको नजरमा नारी सुन्दरता ? 
मन राम्रो भए बाहिरी रुपमा नराम्रो भए पनि उ सुन्दर नै कहलिन्छ । मेरो विचारमा बाहिरी सुन्दरता क्षणिक मात्र हुन्छ । मुख्यत भित्रीरूपमा सुन्दर हुनुपऱ्यो । 
अर्काे जन्ममा महिला भएर जन्मन पाए ? 
महिलाहरुले जति पीडा भोग्न सक्छन् र सहनशिल हुन्छन् । त्यो हेरेर म महिला भएर बाँच्न सकुँला जस्ता लाग्दैन ।  
कस्ता युवती प्रति तपाईं आकर्षित हुनुहुन्छ ?
कुरा नलुकाउने, नक्कल र नखरा नदेखाउने । 
पुरुषको सफलतामा कुनै महिलाको हात हुन्छ भन्छन् नि ? 
यो कुरा पक्कै सत्य हो । मेरो सफलतामा मेरो आमाको ठूलै हात छ । 
नारी जातीको तीन विशेषता ?
लज्जा, सहनशिलता र माया । 
महिलाका कुन कुराले तपाईंलाई दिक्क तुल्याउँछ ? 
धेरै शंका गर्ने र सानो कुरालाई पनि ठूलो गरि भन्ने । 

Posted in Naari

अक्षयकुमारको ‘किक’ निखिललाई हान्न लगाएपछि दर्शकले किन सिनेमा हेर्ने ?

अभिनेता दयाहाङ राईको ‘डेब्यु’ सिनेमा ‘अनागरिक’बाट निर्देशन थालेका रामबाबु गुरूङले लामो समय समुदायमा आधारित डकुमेन्ट्री निर्देशनमा बिताए । ‘कबड्डी’ उनको पहिलो व्यवसायिक सिनेमा हो । जसको सफलताबाट उत्साहित गुरूङले सिक्वेल ‘कबड्डी कबड्डी’ बनाए । प्रस्तुत छ, रिलिजको तेस्रो सातामा पनि उत्साहजनक दर्शक पाइरहेको ‘कबड्डी कबड्डी’का निर्देशक गुरूङसँग रातोपाटीले गरेका सिने–संवादः

मंसिरमा दुई चलचित्रको भिडन्त (ट्रेलर सहित)

कार्तिक २९, २०७२- 
आगामी मंसिर ११ गते ‘कबड्डी कबड्डी’ र ‘जाउँ हिँड पोखरा’ बीच ठूलै भिडन्त हुने देखिएको छ । 
निर्देशक शोभित बस्नेतले अचानक ‘जाउँ हिँड पोखरा’ मंसिर ११ गते फिल्म रिलिज गर्ने घोषणा गरेपछि यो भिडन्त निश्चित भएको हो ।
‘कबड्डी कबड्डी’ निकै प्रतिक्षित छ भन्ने जिज्ञासामा शोभितले यसबाट आफूलाई कुनै फरक नपर्ने दाबी गरे । उनले कबड्डी कबड्डी’ र ‘जाउँ हिँड पोखरा’ हेर्न दर्शक नै फरक हुने कुरा बताएका छन् । बुझिएअनुसार मोफसलमा ‘कबड्डी कबड्डी’ले भन्दा जाऊँ हिँड पोखराले बढी हल पाउनेछ ।

कबड्डी कबड्डीको ट्रेलर 

जाउँ हिँड पोखराको ट्रेलर 

 From Saptahik
Ą
https://www.flickr.com/photos/spklg/15211044551/