Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepali Movie Actor. Show all posts
Showing posts with label Nepali Movie Actor. Show all posts
सौगात मल्ल – नाट्यकर्मी

मंसिर २७, २०७२ तपाईंको आदर्श महिला ? 
आमा । 
जीवनमा महत्व राख्ने महिला ? आमा र मेरो अभिनय रुचाउने दर्शकहरु .
तपाईंको नजरमा नारी सुन्दरता ? 
मन राम्रो भए बाहिरी रुपमा नराम्रो भए पनि उ सुन्दर नै कहलिन्छ । मेरो विचारमा बाहिरी सुन्दरता क्षणिक मात्र हुन्छ । मुख्यत भित्रीरूपमा सुन्दर हुनुपऱ्यो । 
अर्काे जन्ममा महिला भएर जन्मन पाए ? 
महिलाहरुले जति पीडा भोग्न सक्छन् र सहनशिल हुन्छन् । त्यो हेरेर म महिला भएर बाँच्न सकुँला जस्ता लाग्दैन ।  
कस्ता युवती प्रति तपाईं आकर्षित हुनुहुन्छ ?
कुरा नलुकाउने, नक्कल र नखरा नदेखाउने । 
पुरुषको सफलतामा कुनै महिलाको हात हुन्छ भन्छन् नि ? 
यो कुरा पक्कै सत्य हो । मेरो सफलतामा मेरो आमाको ठूलै हात छ । 
नारी जातीको तीन विशेषता ?
लज्जा, सहनशिलता र माया । 
महिलाका कुन कुराले तपाईंलाई दिक्क तुल्याउँछ ? 
धेरै शंका गर्ने र सानो कुरालाई पनि ठूलो गरि भन्ने । 

Posted in Naari
Ą
https://www.flickr.com/photos/spklg/15211044551/