Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn
Showing posts with label Nepali Congress. Show all posts
Showing posts with label Nepali Congress. Show all posts

Left alliance's Shrestha defeats NC's Poudel

Dec 10, 2017-Nepali Congress senior leader Ramchandra Poudel has been defeated by left alliance candidate Krishna Kumar Shrestha in Tanahun-1.

Shrestha garnered 34,492 votes while Poudel secured 27,690 votes.
Likewise, in Tanahun Province 1 'A', UML's Ram bahadur Gurung was elected with 18, 265 votes. His nearest rival NC's Govinda Bhattarai mustered 16,878 votes.
Similarly, in Tanahun Province 1 'B' left alliance candidate from CPN (Maoist Centre) Hari Bahadur Chuman was elected with 15,360 votes while his nearest rival Raghu Nath Poudel got 11,881 votes.

News From: Ekantipur.com

उम्मेदवारको टिकट विवादले कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १२ घाइते http://bit.ly/2eFJumy

भाद्र २१, २०७४-उम्मेदवारको टिकटबारे कांग्रेस कार्यकर्ताबीच भनाभनपछि कुटाकुट हुँदा सिरहामा १२ जना घाइते भएका छन् । उनीहरुमध्ये १० जना गम्भीर छन् ।

सिरहा नगरपालिकाको उम्मेदवारको टिकट विवाद सुल्झाउन कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव, सांसद पदमनारायण चौधरी, गणेश मण्डल, मोख्तार अहमदले बुधबार असन्तुष्टसहित दुवै पक्षलाई छलफलमा विवाद मिलाउने प्रयास गरेका थिए । सदरमुकाम सिरहास्थित पार्टी कार्यालयमा भएको छलफलमा बिहान ११ बजेतिर सिरहा नगरपालिकाका मेयरका उम्मेदवार सुभास यादव पक्षले छलफलकै क्रममा भनाभन हुन थालेपछि कार्यकर्ताबीच कुटाकुट, ढुंगा, लाठी प्रहार भएको सभापति रामचन्द्र यादवले जानकारी दिए । 
आक्रमणमा सिरहा नगरपालिका २१ का कांग्रेस क्षेत्र नम्वर ३ का सभापति सन्जयप्रकाश यादव, सिरहा १५ का रामबाबु यादव,  २ नम्वर वडाका सुधन यादव, मुकेश, वुधन, अरुण, राजेश्वर, देवनारायण साह, १ नम्वर वडाका जगदीश यादव, कामेश्वर यादव घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको सिरहा प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए । घाइते अधिकांशको टाउकोमा चोट लागेको छ । घाइते सिरहा १ का रामभगत यादव र साने यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैतर्फको आक्रमणबाट तनाव बढेपछि प्रहरीले दिउँसो स्थिति नियन्त्रण लिएको थियो । 
‘सिरहा नगरपालिकामा मेयरको टिकट सुभास यादवले पाएपछि वडासहित मेयरकोको विषयमा कांग्रेस जिल्ला सचिव उपेन्द्र यादव पक्षबीच विवाद बढेको थियो’ सभापति रामचन्द्र यादवले भने ‘छलफलकै क्रममा हाताहाल र आक्रमण हुनु राम्रो काम होइन, यो पार्टी हितविपरीत छ ।’
घाइते सिरहा क्षेत्र नम्वर ३ का सभापति सञ्जयप्रकाश यादवले दुई पक्षबीच सहमति हुनलाग्दा आफूहरुमाथि आक्रमण भएको बताए । कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएपछि सिरहा नगरपालिकामा उम्मेदवार मनोनयन दर्ता समेत ढिलाई भएको थियो । राति अबेरसम्म सिरहामा मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।


ekantipur.com

जनकपुरमा के भयो कांग्रेस र मोर्चाबिच (तस्बिरसहित)

शैलेन्द्र महतो/उज्यालो । 
जनकपुर, मंसिर १४ - विसहारा चोकमा कांग्रेस नेता कार्यकर्ताले मधेस आन्दोलनको समर्थनमा र्‍याली निकाल्ने तयारी गरिरहेका थिए । मोर्चा कार्यकर्ताले कांग्रेसको सभा अवरोध गर्न जनकचोकबाट लाठी सहितको जुलुस निकालिरहेका थिए । मोर्चा कार्यकर्ता कांग्रेस पार्टी कार्यालयबाट निस्किने मुलबाटो विसहाराचोक र मुरलीचोकमा पुगेर धर्ना र नाराबाजी गरिरहेका थिए । 
दुवै पक्षको प्रदर्शन र अवरोधको कारण हुन सक्ने संभावित घटनालाई मध्यनजर गर्दै कांग्रेस पार्टी कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालयन गरिएको थियो । केहिबेर प्रहरी र आन्दोलनकारीबिच तनावसमेत उत्पन्न भएको थियो । तर प्रहरीको संयमताको कारण कुनै अप्रीय घटना हुन पाएन । 
कांग्रेस कार्यकर्ता भन्दा मोर्चाका कार्यकर्ता धेरैको संख्यामा रहेकाले कांग्रेसका केहि नेताले नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमै गएर ज्ञापन पत्र बुझाउने मनस्थितिमा पुगेको जनाएका थिए ।  तर त्यो पनि सम्भव नभएपछि कांग्रेस जिल्ला सभापति रामसरोज यादवले कार्यालयमै पत्रकारसम्मेलन गरी कार्यक्रम स्थगित भएको घोषणा गर्नुभयो । उहाँले कांग्रेसले मधेस आन्दोलनकै समर्थनमा प्रदर्शन गर्न खोज्दा पनि मोर्चा लगायतको आन्दोलनरत पक्षले अवरोध गर्न खोज्नु अलोकतान्त्रिक तरिका भएको दुःखेसो पोख्नुभयो । 
नेपाली कांग्रेस पहिलादेखि नै मधेस आन्दोलनको समर्थनमा रहेको र विगतको सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफ्नो माग रहेको उहाँको भनाई थियो । तर सभा अवरोध गर्नुले मोर्चा घटकको हैकमवादी प्रवृति प्रष्ट भएको उहाँले बताउनुभयो । 













कोइराला बने विधान अनुसार महाधिवेशन गर्न नसक्ने पहिलो सभापति

काठमाडौं  – प्रमुख सत्तारुढ दल कांग्रेस अर्को महिनाबाट संबैधानिक संकटको सामना गर्ने भएको छ । काग्रेसको मंगलवार बसेको केन्द्रीय समिति वैठकले महाधिवेशनका सवै कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

किन सर्दैछ कांग्रेस महाधिवेशन ?

भाद्र २, २०७२- कांग्रेसको १३ औं महाधिवेशन निर्धारित मितिमा नहुनुका संविधान निर्माणका लागि नेताहरुको व्यस्ततालाई कारण देखाइए पनि जानकारहरु यसैलाई खास कारण मान्न तयार छैनन् । के छ त महाधिवेशन नहुनुको कारण ?
सतहमा हेर्दा कांग्रेसका तीन नेता (सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल) का तीन धारको संघर्षजस्तो देखिए पनि खास कारण कांग्रेस नेतृत्व कोइराला परिवारभित्र रहने कि नरहनेलाई मानिएको छ ।  
Ą
https://www.flickr.com/photos/spklg/15211044551/