Connect Me

twitterfacebookgoogle plus email

  Instagram View Biwas Bhattarai's profile on LinkedIn

जनकपुरमा के भयो कांग्रेस र मोर्चाबिच (तस्बिरसहित)

शैलेन्द्र महतो/उज्यालो । 
जनकपुर, मंसिर १४ - विसहारा चोकमा कांग्रेस नेता कार्यकर्ताले मधेस आन्दोलनको समर्थनमा र्‍याली निकाल्ने तयारी गरिरहेका थिए । मोर्चा कार्यकर्ताले कांग्रेसको सभा अवरोध गर्न जनकचोकबाट लाठी सहितको जुलुस निकालिरहेका थिए । मोर्चा कार्यकर्ता कांग्रेस पार्टी कार्यालयबाट निस्किने मुलबाटो विसहाराचोक र मुरलीचोकमा पुगेर धर्ना र नाराबाजी गरिरहेका थिए । 
दुवै पक्षको प्रदर्शन र अवरोधको कारण हुन सक्ने संभावित घटनालाई मध्यनजर गर्दै कांग्रेस पार्टी कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालयन गरिएको थियो । केहिबेर प्रहरी र आन्दोलनकारीबिच तनावसमेत उत्पन्न भएको थियो । तर प्रहरीको संयमताको कारण कुनै अप्रीय घटना हुन पाएन । 
कांग्रेस कार्यकर्ता भन्दा मोर्चाका कार्यकर्ता धेरैको संख्यामा रहेकाले कांग्रेसका केहि नेताले नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमै गएर ज्ञापन पत्र बुझाउने मनस्थितिमा पुगेको जनाएका थिए ।  तर त्यो पनि सम्भव नभएपछि कांग्रेस जिल्ला सभापति रामसरोज यादवले कार्यालयमै पत्रकारसम्मेलन गरी कार्यक्रम स्थगित भएको घोषणा गर्नुभयो । उहाँले कांग्रेसले मधेस आन्दोलनकै समर्थनमा प्रदर्शन गर्न खोज्दा पनि मोर्चा लगायतको आन्दोलनरत पक्षले अवरोध गर्न खोज्नु अलोकतान्त्रिक तरिका भएको दुःखेसो पोख्नुभयो । 
नेपाली कांग्रेस पहिलादेखि नै मधेस आन्दोलनको समर्थनमा रहेको र विगतको सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने आफ्नो माग रहेको उहाँको भनाई थियो । तर सभा अवरोध गर्नुले मोर्चा घटकको हैकमवादी प्रवृति प्रष्ट भएको उहाँले बताउनुभयो । 













Ą
https://www.flickr.com/photos/spklg/15211044551/